मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नारायण विश्वकर्मा स्याङ्जा
२०७७ असोज १४ बुधबार १०:०७:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गोठमै पुगेर दुधालु पशुको स्वास्थ्य परीक्षण

दैनिक तीन हजार लिटर दुध निर्यात

Read Time : < 1 मिनेट
नारायण विश्वकर्मा स्याङ्जा
२०७७ असोज १४ बुधबार १०:०७:००

स्याङ्जाको गल्याङ नगरपालिकाले दुग्ध संकलन केन्द्रमा आबद्ध कृषकका गोठगोठमै पुगेर पशुहरूको स्वास्थ्य परीक्षण गरेको छ । गल्याङ नगरपालिका पशुसेवा शाखाको समन्वयमा दुग्ध संकलन केन्द्रमा पुगेर किसानले पालिरहेका पशुहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।

गल्याङ नगरपालिकामा रहेका १६ वटा दुग्ध संकलन केन्द्रमा आबद्ध सबै किसानका पशुहरूको स्वास्थ्य परीक्षण गर्ने गल्याङ नगरपालिका पशुसेवा शाखाको योजनाअनुसार पहिलो चरणमा वडा नम्बर ११ दिमिकमा पशुहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।

किसानलाई प्राविधिक परामर्शसहित पशुको गोबर तथा अन्य समस्याबारे सम्बन्धित ठाउँमा नै पुगेर परीक्षण गरिएको पशु शाखा प्रमुख सुशील अर्यालले जानकारी दिए । 

दिमिक दुग्ध संकलन केन्द्रमा एक सयभन्दा बढी किसानका दुई सयभन्दा बढी पशुको स्वास्थ्य परीक्षण गरिएको पशु शाखा प्रमुख अर्यालले बताए ।

अन्य दुग्ध संकलन केन्द्रमा पनि क्रमशः पशुहरूको स्वास्थ्य परीक्षण गर्ने अर्यालले बताए । गल्याङमा तीन वर्षअघि दूध तथा दूधजन्य पदार्थ आयात गर्नुपर्ने समस्या थियो । हाल आन्तरिक खपत पूरा गरी दैनिक तीन हजार लिटरभन्दा बढी दूध गल्याङबाट बाहिरी बजारमा पठाइने गरिएको अर्यालले बताए ।
 
दूध उत्पादनमा किसानको सक्रियता बढाउन नगरपालिकाले दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिएको अर्यालले बताए । दूधमा अनुदान पाउन थालेपछि व्यावसायिक ढंगले दूध उत्पादनका लागि पशुपालन गर्ने बढेका छन् ।