१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १४ बुधबार ०७:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा लाइफको सिइओमा मुखिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १४ बुधबार ०७:२९:००

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त भएका छन् । विभिन्न बिमा कम्पनीमा उच्च व्यवस्थापकीय पदमा रही १६ वर्षभन्दा बढी काम गरेको अनुभव भएका मुखियालाई कम्पनीको सञ्चालक समितिले नियुक्त गरेको हो । 

मुखियाले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्स, काठमाडौं विश्वविद्यालयबाट म्यानेजमेन्ट र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको सञ्चालक समितिसमक्ष पदको शपथग्रहण गर्दै उनले आफूसँग रहेको कार्य अनुभवबाट कम्पनीलाई नयाँ आयामका साथ जीवन बिमा कम्पनीहरूमध्ये उत्कृष्ट स्थान हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।