१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १४ बुधबार ०७:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईद्वारा ट्राफिक पोल हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १४ बुधबार ०७:०९:००

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडाैं उपत्यकाभित्रका सडकमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरू हस्तान्तरण गरेको छ । ३१ वैशाखमा पनि बैंकले ट्राफिक पोल हस्तान्तरण गरेकोमा उपयोगी भएको निष्कर्षसहित बैंकले दोस्रोपटक पोल सहयोग गरेको हो ।

 बैंकले प्रदान गरेको ट्राफिक पोलले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्‍याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विश्वास लिएको बैंकले जनाएको छ । समाजोपयोगी कार्यमा सहयोग पुर्‍याएकोमा महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको जनाइएको छ ।