१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
विजयराज खनाल काठमाडौं
२०७७ असोज १४ बुधबार ०७:१३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा गिरावट, जलविद्युतकाे वृद्धिले पुगेन टेवा 

१५ कारोबार दिनमा जलविद्युतमा ८६ प्रतिशतसम्म कमाए 

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७७ असोज १४ बुधबार ०७:१३:००

मंगलबार पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । कारोबारको केही समयदेखि नै घट्न थालेको सूचक बजार बन्द हुँदासम्म सुधार हुन सकेन । नेप्से सात दशमलव २१ अंकले घटेर एक हजार पाँच सय ५३ मा आइपुगेको हो ।

कारोबार रकममा भने मंगलबार सामान्य वृद्धि भएर एक अर्ब ८२ करोड पुगेको छ । अघिल्लो दिन एक अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको थियो । सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरूको सूचक  फ्लोट र ‘क’ वर्गका कम्पनीहरूको मात्र सेयर मापक सूचक सेन्सेटिभ परिसूचक दुवै घटेका छन् ।  कारोबारमा आएकामध्ये जलविद्युत्, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहगत परिसूचक मात्र वृद्धि भएको छ । तर, यो वृद्धिले पनि नेप्सेलाई बढाउन सकेन । 

अंकित मूल्यभन्दा पनि तल पुगेका जलविद्युत् कम्पनीमा लगानी गरेर १५ कारोबार दिनमै चार प्रतिशतदेखि ८६ प्रतिशतसम्म नाफा पाएका छन् । सूचीकृत ३४ वटा जलविद्युतमा १४ वटाको ५० प्रतिशतभन्दा धेरैले मूल्य वृद्धि भएको छ । 

कम मूल्य रहेको कारण लगानीकर्ताहरू यो समूहमा आकर्षित देखिँदै आएका थिए । १० कम्पनीको मूल्य दुई सयभन्दा माथि पुगिसकेको छ । त्यस्तै, दुईवटाबाहेक सबै कम्पनीको मूल्य एक सय रुपैयाँ माथि छ । हालै सूचीकृत लिबर्टी इनर्जीको मात्रै आठ दिन कारोबार भएको छ । यसमा लगानीकर्ताहरूले गुमाइरहेका छन् ।

प्राथमिक सेयर बजारमा लगानी गरेकाहरू भने मुनाफामै छन् । कतिपय यो समूहका कम्पनी नोक्सानमा नै रहे पनि लगानीकर्ताहरू यसैमा खेलिरहेका छन् । 
मंगलबार बजारमा कारोबारमा आएकामध्ये ५८ कम्पनीको मूल्य बढेको, एक सय दुईवटाको घटेको र १० वटाको स्थिर रहेको छ ।

नेपाल लुब आयल लिमिटेडले १० प्रतिशत नगद लाभांशको प्रस्ताव ५ कात्तिकमा हुने २९औँ साधारण सभामा लैजाँदै छ । कम्पनीले जारी पुँजी तीन करोडबाट बढाएर पाँच करोड पुर्‍याउने प्रस्तावसमेत लैजाँदै छ । कम्पनीको बजारमा खासै सेयर किनबेच छैन । आइतबार र सोमबार लगातार कारोबार भएको अन्तिम मूल्य एक सय ९० रुपैयाँ छ ।