मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज १४ बुधबार ०६:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय मिडियामा नेपाल र स्पुतनिक खोप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज १४ बुधबार ०६:३४:००

सिएनएन, रोयटर्स, द गार्डियन, युएसए टुडे, न्युज ट्वान्टी–फोर डटकम, स्विस इन्फो, कोभिड नाइन्टिन डेटालगायत विश्वभरका सञ्चारमाध्यमले रसियाबाट नेपालले दुई करोड ५० लाख डोज स्पुतनिक फाइभ भ्याक्सिन किन्न लागेको समाचार प्रकाशित गरेका छन् ।

सिएनएनले रसिया डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) र नेपालको ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा दुई करोड ५० लाख डोज भ्याक्सिन आपूर्ति गर्ने सहमति भएको उल्लेख गरेको छ । अत्यन्तै महत्वपूर्ण मानिने तेस्रो चरणको ट्रायल नसकिँदै रसियाले विवादास्पद रूपमा स्वीकृत गरेको भ्याक्सिन नेपालले किन्न लागेको पनि सिएनएनले उल्लेख गरेको छ । 

त्यस्तै, युएसए टुडेले रसियाली फन्ड र नेपालको निजी कम्पनीले भ्याक्सिन उपलब्ध गराउने सहमति गरेको उल्लेख गरेको छ । अन्तिम चरणको ट्रायलविना हजारौँलाई लगाइएपछि यो खोपका विषयमा संसारभरि नै बहस भएको पनि समाचारमा स्मरण गराइएको छ ।

रोयटर्सले एक निजी फर्मका माध्यमबाट रसिया डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले नेपाललाई स्पुतनिक फाइभ भ्याक्सिन उपलब्ध गराउन सहमत भएको उल्लेख गरेको छ । भारतलाई १० करोड डोज दिनेलगायत विश्वभर यो भ्याक्सिन आपूर्ति गर्न फन्डले सम्झौता गरिरहेको पनि रोयटर्सले उल्लेख गरेको छ । रुसकै स्पुतनिक न्युजले फन्डलाई उद्धृत गर्दै दुई करोड ५० लाख डोज भ्याक्सिनले नेपालको ९० प्रतिशत जनतालाई खोप लगाउन पुग्ने दाबी गरेको छ ।

याे पनि पढ्नुहाेस् >>> खोप आउने : सरकारले होइन, व्यापारीले ल्याउने