मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज १३ मंगलबार २०:०१:००
Read Time : > 1 मिनेट
फिचर

कोरोना भ्याक्सिन : सर्वसाधारणको पहुँचमा कहिले ?

Read Time : > 1 मिनेट
२०७७ असोज १३ मंगलबार २०:०१:००

कोरोना भाइरसका कारण विश्वमा दश लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । तीन करोडभन्दा धेरै संक्रमित भइसकेका छन् । अमेरिका, भारत र ब्राजिलमा दिनप्रतिदिन संक्रमित तीव्र गतिमा बढिरहेका छन् । यद्यपि कोरोनालाई जित्ने दर पनि उल्लेख्य छ ।

यसैबीच कोरोना उपचारसम्बन्धी भ्याक्सिनको पर्खाइमा सिंगो विश्व छ । सबैको एउटै प्रश्न छ– कोरोना भ्याक्सिन कहिले आउँछ ? यिनै प्रश्नको छिटो उत्तर दिने गरी विश्वका शक्तिराष्ट्रहरू भ्याक्सिन निर्माण र परीक्षणको दौडमा छन् । पश्चिमेली राष्ट्रहरूले कोरोन भ्याक्सिनको परीक्षण विभिन्न चरणमा भइरहेको दाबी गरेका छन् । युरोपमा रुसले पहिलोपटक भ्याक्सिन उत्पादन गरेको थियो । यो भ्याक्सिन विभिन्न चरणमा प्रयोग भइरहेको छ । अमेरिकाले पनि भ्याक्सिन सन् २०२० को अन्त्यसम्ममा तयार हुने बताउँदै आएको छ । 

अमेरिकामा बन्न लागेको कोभिड– १९ विरुद्धको भ्याक्सिन सबैभन्दा प्रभावकारी हुने धेरैको आशा छ । ह्वाइटहाउसका प्रेस सल्लाहकार केली मेक्यानैनीले लामो समयदेखि भ्याक्सिनमाथि छलफल भइरहेको र अब उत्पादनमा लाग्ने बताएका छन् । ‘राष्ट्रपति रोनाल्ड ट्रम्पले नै भ्याक्सिन कमर्सियलस्तरमा निर्माण गर्न भनेका छन्,’ केलीले भने, ‘भ्याक्सिन अन्यको तुलनामा राम्रो हुने विश्वास लिएका छाँै ।’

अमेरिकाले भ्याक्सिन निर्माणमा देखाएको चासोसँग अन्य राष्ट्र पनि यसैको विकासमा जोड दिइरहेका छन् । सम्भवतः सन् २०२१ सम्म सर्वसाधारणको हातमा भ्याक्सिनको पहिलो डोज आउने विश्वास गरिएको छ । अहिलेसम्म विश्वमा दुईवटा मात्र भ्याक्सिन प्रयोगमा ल्याउन मिल्ने गरी विश्व स्वास्थ्य संगठनमा रजिस्टर भएका छन् । यसबाहेक नौवटा नामसहितका भ्याक्सिन क्रिटिकल चरणमै छन् ।

अक्सफोर्ड एस्ट्राजेनको ट्रायल भारतमा
अक्सफोर्ड विश्वविद्यालयद्वारा उत्पादित एस्ट्राजेन भ्याक्सिन अहिले विभिन्न चरणमा परीक्षणमा छ । अक्सफोर्डले भारतलगायत विश्वका धेरै राष्ट्रमा एकैपटक एस्ट्राजेनको प्रयोग गरेको छ । कोभिसिल्ड नामको यो भ्याक्सिन मुम्बईस्थित केइएम अस्ततालमा तीन चरणसम्म प्रयोग भएको छ । तेस्रो फेजमा रहेको कोभिसिल्ड भ्याक्सिनले अर्को साता थप नयाँ चरणको ट्रायल दिनेछ । 

कोभाक्सिनमा छैन साइडइफेक्ट
भारत आफैँले पनि कोभिड– १९ विरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । बायोटेक, आइसिएमआर तथा नेसनल इन्स्टिच्युट अफ बायोलोजी पुणेको सहयोगमा कोभाक्सिन नामको भ्याक्सिन भारतले बनाइरहेको हो ।

भारतीय एजेन्सीहरूका अनुसार कोभाक्सिन दोस्रो फेजमा छ । अहिलेसम्मको परीक्षणमा यस भ्याक्सिनमा केही साइडइफेक्ट देखा परेका छैन । पहिलो तथा दोस्रो चरणको परीक्षणपछिको सफलताले अब भ्याक्सिन तेस्रो फेजको तयारीमा लागेको जनाइएको छ । यसैगरी भारतको सिरम इन्स्टिच्युटले अमेरिकाको सहयोगमा कोभिसिल्ड भ्याक्सिन बनाइरहेको छ । तर, यसको परीक्षण भएको छैन । प्राविधिक नतिजा राम्रो निस्किएको सिरम इन्स्टिच्युटले जनाएको छ । यता अमेरिकन कम्पनीले आउने वर्षसम्म यो एक लाख डोजको भ्याक्सिन बन्ने लक्ष्य राखेको छ । जसमा भारतको ५० प्रतिशत हिस्सा रहनेछ । 

चीनमा एक लाखमा प्रयोग
चीनले पनि आफ्ना नागरिकको रक्षा गर्न भ्याक्सिन परीक्षण गरेको छ । चीनले अहिलेसम्म एक लाख नागरिकलाई भ्याक्सिन दिएको एजेन्सीहरूको भनाइ छ । एजेन्सीहरूका अनुसार अहिले चीनमा पाँचौँ चरणमा भ्याक्सिन प्रयोग भइरहेको छ । यस्तै दुईवटा भ्याक्सिन दोस्रो तथा तेस्रो फेजको परीक्षणमा छन् । 

स्पुतनिकको इम्युनिटी बलियो
रसियाले उत्पादन गरेको स्पुतनिक भ्याक्सिनको राम्रो पक्ष इम्युनिटी शक्ति हो । परीक्षणको पाँचौँ चरणमा रहेको स्पुतनिकमा थप इम्युनिटी शक्ति बढाउने मस्कोस्थित गामलेया रिसर्च सेन्टरले जनाएको छ । यस रिसर्च सेन्टरका प्रमुख अलेक्जेन्डरले स्पुतनिक– ५ सबैभन्दा सुरक्षित भ्याक्सिन भएको दाबी गरेका छन् । –एजेन्सीको सहयोगमा