मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ असोज १३ मंगलबार १८:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालिकोटमा जिप दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ असोज १३ मंगलबार १८:०७:००

कर्णाली राजमार्गको तिलागुफा नगरपालिका– ५ खल्ला खोलामा बलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेतस्थित भेरीगंगा नगरपालिका– १२ का जिपचालक २८ वर्षीय कर्णबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

सुर्खेतबाट जुम्ला जाँदै गरेको लु.२च २४१२ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो । जिपका सहचालक सुर्खेतका  दीपक गाँगी घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख चन्दबहादुर शाहका अनुसार घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

जिपमा ११ जना यात्रु थिए । यात्रु सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।