Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ असोज १३ मंगलबार ११:५९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

गण्डकी प्रदेशमा थप १८ जना कोरोना संक्रमित

Read Time : < 1 मिनेट
२०७७ असोज १३ मंगलबार ११:५९:००

पोखराका १४ जनासहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराको वडा नम्बर ५ मा तीनजना, वडा नम्बर १७ मा पाँचजना, १५ मा तीनजना, वडा नम्बर ८, १३, २० मा एक–एकजना संक्रमित थपिएका हुन् । 

त्यसैगरी नवलपुरमा चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवलपुरको विनयत्रिवेणी वडा नम्बर ३ र ४ मा दुई –दुई जना संक्रमित थपिएका छन् । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार आठ सय १३ जना पुगेको छ । 

सक्रिय संक्रमितको संख्या एक हजार ८३ छ । निको हुनेको संख्या दुई हजार ६ सय ९७ पुगेको छ । 

निर्देशनालयका अनुसार पछिल्लोपटक चार सय ६७ जनाको परीक्षणमा १८ जना संक्रमित थपिएका हुन् । 

प्रदेशमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ३३ रहेको छ ।