मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज १३ मंगलबार ११:५८:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

न्यायका प्रतीक मानिने राजा सलहेशको दरबार निर्माण गरिँदै

Read Time : > 1 मिनेट
२०७७ असोज १३ मंगलबार ११:५८:००

ऐतिहासिक महत्वको राजा सलहेश गहबर क्षेत्रमा राजा सलहेशको दरबार बनाउने कार्य सुरु भएको छ । सिराहाको सदरमुकाम सिराहामा रहेको सलहेश गहबर क्षेत्रमा रहेका जीर्ण पुराना मन्दिरलाई भत्काएर नयाँ दरबार (मन्दिर) बनाउने कार्य सुरु गरिएको हो ।

दुईतले दरबार निर्माण गर्न सिराहा नगरपालिकाले एक करोड ९४ लाख २५ हजार नौ सय २३ रुपैयाँ लागत अनुमान तयार गरेको तियो । 

तर, बालाजी निर्माण सेवा सिराहाले एक करोड २४ लाख २७ हजार नौ ४५ रुपैयाँमा ठेक्का पाएको सिराहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताए । 

०७८ असार २५ मा योजना सक्ने गरी सम्झौता गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिए । तर, दरबार निर्माण गर्न असार १५ मै स्वीकृति दिए पनि कोरोना महामारीका कारणले लकडाउन र निषेधाज्ञा भएपछि असोजदेखि काम सुरु भएको छ ।

को हुन् राजा सलहेश ?

जयबर्धन सलहेश (राजा सलहेश), मालिनी, बुधेश्वर, चुहडमल, करिकन्हालगायतकाे चर्चा लोकगाथामा छ । सिराहा सदरमुकामको महिसौथामा मुख्य डिह (दरबार) रहेको सलहेशले  छैटाैँ/सातौं शताब्दीमा अन्याय–अत्याचारविरुद्धको मोर्चाको नेतृत्व गरेको सलहेश गाथामा उल्लेख छ ।

अन्याय–अत्याचारविरुद्ध संघर्ष गरेका उनको न्यायका प्रतीकको रूपमा सिराहा, धनुषा, महोत्तरी, सप्तरी र भारतका विभिन्न ठाउँमा राजा सलहेश गाथा चल्ने गर्छ । 

राजा सलहेशसँगै प्रेम–सम्बन्ध जोडिएको ‘सलहेश फूलबारी’मा प्रत्येक वर्ष वैशाख १ मा हारमको रूखमा मालाकार रूपमा सुनाखरीको फूल फुल्ने गरेको छ ।

सिराहा जिल्लाको सदरमुकाम सिराहामा सलहेश दरबार, लहान नगरपालिका क्षेत्रमा सलहेश फूलबारी, पकडीयागढ, मानिक दह र लक्ष्मीपुर पतारी गाउँपालिकामा पतारी पोखरीलाई सलहेश गाथासँग जोडिएको स्थानको रूपमा लिइन्छ । 

प्रत्येक वर्ष वैशाख १ र २ मा सिराहाको सलहेश गहबर, सलहेश फूलबारी, मानिक दह, पकडीयागढ, पतारी पोखरीमा नेपाल भारतका विभिन्न स्थानबाट लाखौँ श्रद्धालु दर्शन गर्न पुग्ने गर्छन् ।

भारतमा इस्टइन्डिया कम्पनीको शासनकालमा बेलायती नागरिक जर्ज ग्रियसनले सलहेशबारे आफ्नो पुस्तकमा चर्चा गरेको बताइन्छ ।