मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस बाँके
२०७७ असोज १३ मंगलबार १०:२५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेपालगन्ज मेडिकल कलेजमा कोरोनाका कारण थप दुईको मृत्यु  

Read Time : < 1 मिनेट
रासस बाँके
२०७७ असोज १३ मंगलबार १०:२५:००

बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुग्याे

बाँकेमा कोरोना भाइरस संक्रमणका कारण आज बिहान दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका–७ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका– १० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार  ४१ वर्षीय पुरुष निमोनियाबाट ग्रसित थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत भदौ ३१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेसन वार्डमा भर्ना गरी रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दासमेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा आज बिहान ३:३० बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

शिक्षण अस्पताल कोहलपुरमै उपचाररत कोरोना सङ्क्रमित कोहलपुर- १० निवासी ५३ वर्षीय पुरुषको पनि उपचारकै क्रममा आज बिहान ४:१५ बजे अस्पतालमै मृत्यु भएको छ । उनी पनि निमोनियाबाट ग्रसित थिए । 

स्वास्थ्यमा समस्या देखिएपछि असोज ४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब परीक्षण गर्दा असोज ६ गते कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेसन वार्डमा भर्ना गरी रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दासमेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा उनकाे मृत्यु भएको हो ।  योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।