मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज १३ मंगलबार ०९:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाल संगठन परिसरबाट दुई विद्यालय स्थानान्तरण गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज १३ मंगलबार ०९:३५:००

सरकारले नक्सालस्थित नेपाल बाल संगठन परिसरमा रहेका दुई  विद्यालयलाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । संगठनको जग्गामा रहेको आधारभूत आदर्श विद्यालय र केन्द्रीय बहिरा उच्च माविलाई अन्यत्र स्थानान्तरण गरिने भएकाे हाे ।

त्यहाँ नयाँ संरचना बनाई बाल मन्दिरमा रहेका बालबच्चाहरूका लागि सुरक्षित र उपयुक्त आवासको व्यवस्था गरिने परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।  त्यसका लागि बाल संगठनलाई डेढ करोड रुपैयाँ दिने निर्णय भएको छ ।

प्रवक्ता ज्ञवालीले दिएकाे जानकारीअनुसार मन्त्रिपरिषद्ले संगठनको नाममा रहेको सम्पत्ति अद्यावधिक गर्ने निर्णय पनि गरेको छ । बाल संगठन परिसरमा रहेको वृहस्पति विद्यासदनसँग पनि प्रतिस्पर्धाविना भएको सम्झौताको छानबिनका लागि नयाँ कार्यसमितिले माग गरेको छ । 

सरकारले बाल संगठनमा भएको अनियमितताको छानबिन गरी पुरानो कार्यसमितिलाई हटाएर हालै नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ कार्यसमितिले संगठनको सबै सम्पत्तिको खोजी र सदुपयोगको प्रक्रिया सुरु गरेको छ ।

केन्द्रीय कार्यालय परिसरभित्रको  वृहस्पति विद्यासदनलगायत देशैभरिका सम्पूर्ण चलअचल सम्पत्तिको उपभोग कौडीको भाउमा गरिएकाले सम्पूर्ण लिज सम्झौताहरू आवश्यकताअनुसार खारेजी र  पुनरावलोकन गरी बाल संगठनको गुमेको साख फिर्ता गराउन बाल संगठनको वर्तमान कार्यसमिति अघि बढेको महासचिव समीरकुमार बडालले बताए ।