१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असोज १३ मंगलबार ०९:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरुवा बन्दुकसहित दुई पक्राउ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असोज १३ मंगलबार ०९:३१:००

कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट एक थान  भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति कृष्णपुर नगरपालिका– १ दोमिल्लाबाट भरुवा बन्दुकसहित दुई युवक पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले भरुवा बन्दुकसहित दोमिल्लाबाट २५ वर्षीय कमल थापा र २४ वर्षीय लालबहादुर विष्टलाई पक्राउ परेको बताए । ‘दुवैजनालाई सोधपुछ गरिरहेका छौँ,’ प्रवक्ता थापाले भने, ‘उनीहरूमाथि हातहतियार खरखजानाअन्तर्गत कारबाही चलाउँछौँ ।’ 

यस्तै प्रहरीले भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरका व्यवसायी पवन गुप्तालाई समेत पक्राउ गरेको छ । अवैध सामान ल्याएको भन्दै उनलाई पक्राउ गरी सामानसहित भन्सार चलान गरेको थियो । प्रहरीले पछिल्ला दिनमा अवैध गतिविधिविरुद्ध सक्रियता देखाएको छ ।