मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नारायण विश्वकर्मा स्याङ्जा
२०७७ असोज १३ मंगलबार ०९:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक महिनाको अवधिमा स्याङ्जाबाट ८८ फरार अभियुक्त पक्राउ 

Read Time : > 1 मिनेट
नारायण विश्वकर्मा स्याङ्जा
२०७७ असोज १३ मंगलबार ०९:१४:००

स्याङ्जामा फरार अभियुक्त धमाधम पक्राउ पर्न थालेका छन् । सवारी ज्यान मुद्दामा दुई वर्ष कैद भुक्तान गर्न बाँकी पुतलीबजार नगरपालिका– ८ घर भई पोखरा महानगरपालिका– १० बस्ने ४१ वर्षीय राजकुमार नेपाली आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार नेपाली ११ वर्षदेखि फरार थिए । उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय स्याङ्जामा थुनामा राखिएको छ ।

यस्तै सार्वजनिक मुद्दामा दुई हजार जरिवाना असुलउपर गर्न बाँकी रहेका पुतलीबजार नगरपालिका– ११ बस्ने ३६ वर्षीय अर्जुन गुरुङ, डाँका मुद्दामा पाँच सय रुपैयाँ जरिवाना असुलउपर गर्न बाँकी रहेका वालिङ नगरपालिका– ९ बस्ने ३३ वर्षीया शान्ति मिया र सार्वजनिक मुद्दामा एक हजार जरिवाना असुलउपर गर्न बाँकी बिरुवा गाउँपालिका– ८ तर्ले बस्ने ३१ वर्षीय राजेन्द्र पौडेलसमेत पक्राउ परेको डिएसपी अधिकारीले बताए ।

उनीहरूलाई जिल्ला अदालत स्याङ्जामा जरिवाना रकम दाखिला गराई छोडिएको छ ।

यस्तै यसअघि अवैध पशुपक्षीसम्बन्धी कसुर मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय स्याङ्जामा थुनामा रहेका अर्जुनचौपारी गाउँपालिका– ४ बस्ने ३० वर्षीय दीपक नेपाली भन्ने दीपक सार्की कालिका सामुदायिक अस्पताल हेलुबाट फरार भएका थिए । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उपचाररत नेपाली बत्ती नभएको वेला अस्पतालको झ्याल फोरेर भागेका थिए । सार्कीलाई पुतलीबजार नगरपालिका– १३ लामपाटास्थित पसलमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको डिएसपी अधिकारीले जनाए ।
 
एक महिनाको अवधिमा विभिन्न मुद्दाका ८३ जना फरार अभियुक्त पक्राउ परेकाे डिएसपी अधिकारीले बताए । उनले एकैदिन जिल्ला अदालत स्याङ्जाको फैसलाले कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशबन्डा, सम्बन्धविच्छेद, कुटपिट र  लुटपाटलगायतका विभिन्न मुद्दामा सजाय सुनाएका ४८ जना फरार अभियुक्त पक्राउ पनि गरिएको जानकारी दिए । 

अधिकारीका अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ‘फरार प्रतिवादी पक्राउ’ भन्ने अभियान नै चलाएको छ ।