मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण १८ आइतबार ०७:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोरोनाले जुराएको अवसर : १० वर्षदेखि बाँझो जमिनमा सामूहिक भैँसीपालन

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण १८ आइतबार ०७:१९:००

लमजुङको राइनास नगरपालिका–१ साइलीटारमा १० वर्षदेखि बाँझो रहेको जमिनमा सामूहिक भैँसीपालन सुरु गरिएको छ । कोरोनाले निम्त्याएको संकटपूर्ण समयलाई अवसरको रूपमा उपयोग गरी खेर गएको बाँझो जमिनमा ३४ जना स्थानीय आबद्ध भई भैँसीपालन सुरु गरेका हुन् ।

‘दिगो कृषि व्यवस्थापन तथा अनुसन्धान सहकारी’मार्फत भैँसीपालन सुरु गरिएको सहकारीका अध्यक्ष खिला शर्मा घिमिरेले जानकारी दिए । सहकारीमा आबद्ध सदस्यले प्रतिव्यक्ति २० हजार रुपैयाँ संकलन गरी वीरगन्जबाट मुर्रा जातको थारा भैँसी ल्याई व्यवसाय सुरु गरिएको घिमिरे बताउँछन् । उनका अनुसार सुरुमा २० वटा थारा भैँसी र प्रजननका लागि एउटा राँगा पालिएको छ । 

कम लगानी, समय र श्रममा धेरै आम्दानी लिन सकिने भएकाले सामूहिक रूपमा भैँसीपालन व्यवसाय सुरु गरिएको उनको भनाइ छ । कोरोना भाइरसले अहिले असहज परिस्थिति सिर्जना गरेकाले सहज परिस्थित सिर्जना भएसँगै दुहुना भैँसी पाल्ने र दूध संकलन र बिक्री कार्यलाई अघि बढाइने सहकारीको लक्ष्य छ । कोरोनाले निम्त्याएको यो संकटपूर्ण समयलाई पनि आफूहरूले अवसरको रूपमा उपयोग गरी खेर गएको ६ सय रोपनी बाँझो जमिनको उपयोग गरी कृषि तथा पशुपालनलाई अघि बढाइएको घिमिरे बताउँछन् । 

मसार कागती पकेट समितिका अध्यक्ष गजेन्द्रराज घिमिरेले दुई सय रोपनी जग्गामा कागती खेती सुरु गरिएको बताए । ‘६ सय रोपनी बाँझो जग्गामध्ये तीन सय रोपनीमा भैँसीपालन र दुई सय रोपनी क्षेत्रफलमा कागती खेती सुरु गरिएको छ,’ उनी भन्छन् । कृषि ज्ञान केन्द्रको सहयोगमा दुई सय रोपनी जग्गामा ४५ सय सुन कागती जातको कागतीका बिरुवा लगाइएको घिमिरेको भनाइ छ । सहकारीले भैँसीपालनलाई थप विस्तार गरी आगामी दिनमा माछापालन, केराखेती, मौरीपालन र बाख्रापालन पनि सुरु गर्ने भएको छ ।