Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज १२ सोमबार २१:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजेन्द्रले बलात्कारपछि हत्या गरेको स्विकारे : निमित्त प्रजिअ

Read Time : < 1 मिनेट
२०७७ असोज १२ सोमबार २१:१५:००

बलात्कार एवं हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङको नियन्त्रणमा रहेका राजेन्द्र बोहराले अपराध स्वीकार गरेका छन् । राजेन्द्रले गत बुधबार साँझ गाईवस्तुलाई गोठमा घाँस हाल्न हिँडेकी १२ वर्षीया बालिकाको बलात्कारपछि आफैँले हत्या गरेको स्वीकार गरिसकेको निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले बताए । उनले भने ‘घटनाको थप अनुसन्धान गर्दा बालिकाको जबर्जस्ती करणी गरी हत्या पनि राजेन्द्रले नै गरेको ठहरिएको छ ।’

राजेन्द्रले गत २९ साउनमा घट्ट गएको वेला गाउँकै अर्की १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै आइतबार बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेका थिए । बालिकाको हत्या भएको शिव मन्दिरनजिकै ढेड वर्षअघि एक बालक मृत भेटिएका थिए । मृत भेटिएका बालकको शिर र घाँटीमा चोटपटक लागेको जनाइएको छ । गाउँका स्थानीयले अहिले सो घटनामा पनि राजेन्द्रलाई नै शंकाको घेरामा राखेका छन् । 

मृत भेटिएका बालकको पनि कानमा लगाएको सुनको मुन्द्रा गायब थियो । अब प्रहरीले अनुसन्धान गरी आफ्नो छोराको हत्यारालाई पनि कानुनी कारबाही गर्नुपर्ने मृतक बालकका बुबा शेरबहादुर कामीले बताए । 

जिल्लामा बलात्कारजस्ता जगन्य अपराधका घटनाको कानुनी उपचार खोज्नुको सट्टा  मिलोमतो गर्दा यस्ता घटना बढेको स्थानीय बताउँछन् । 

प्रहरीले अनुसन्धान गर्दा बालिकाको बलात्कारपछि हत्या घटनामा राजेन्द्रको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खडकाले बताए । घटनामा अन्यको संलग्नता भए–नभएकोबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।