मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १२ सोमबार १९:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा महाधिवेशनमा केन्द्रित हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १२ सोमबार १९:४१:००

पार्टी एकतापश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनकेन्द्रित भएको छ। राप्रपाले आगामी २५ देखि २८ वैशाखमा काठमाडौंमा महाधिवेशन गने निर्णय गरिसकेको छ। राप्रपाको यसपटक महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यताको आधारमा छनाेट हुनेछ। 

महाधिवेशनमा गाउँपालिका, नगर, प्रदेश सभा क्षेत्र, संंघीय क्षेत्र र जिल्ला अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । प्रत्येक प्रदेश सभा क्षेत्रीय कार्य समितिबाट आठजना महाधिवेशन प्रतिनिधि छनाेट गरिनेछ ।

प्रतिनिधिमा महिला, जनजाति, उत्पीडित, थारू र पिछडिएको वर्गको सहभागिता सुनिश्चित गरिएको छ। महाधिवेशन प्रतिनिधि बन्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा क्रमशः ५१, १०१, २०१ र ३०१ न्यूनतम सक्रिय सदस्य संख्या निर्धारण गरिएको छ। तोकिएको सदस्य संख्याभन्दा दुई गुणा सक्रिय सदस्यता बनाए थप एक महाधिवेशन प्रतिनिधि बन्न सक्नेसमेत नीति राप्रपाको छ । 

पार्टी अध्यक्षत्रयको उपस्थितिमा सोमबार महाधिवेशनकेन्द्रित विशेष कार्ययोजना प्रस्तुत गरिएको छ। पार्टीको वैधानिक व्यवस्था, सांगठनिक अवस्था र सक्रिय सदस्यता अभियानबारे अध्यक्ष कमल थापाले  कार्यतालिका र समय सीमालाई मध्यनजर गर्दै महाधिवेशनकेन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । थापाले महाधिवेशनलाई संगठन निर्माणमा उपयोग गर्दै वैकल्पिक शक्तिको रूपमा  पार्टीलाई स्थापित गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । 

पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले सत्तारूढ दलको अकर्मण्यता र प्रतिपक्षी दलको प्रभावहीन भूमिकाबाट जनतामा निराशा छाएकोले राप्रपा जनताको मन जितेर बलियो बन्नुपर्ने  बताए । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तल्लो तहसम्मको संगठन निर्माण अहिलेको प्रमुख आवश्यकता भएको बताए ।