मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज १२ सोमबार १६:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महिला हिंसाविरुद्ध काम गर्न संघीय संसद्का महिला सांसदको छुट्टै समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज १२ सोमबार १६:२९:००

महिला हिंसाविरुद्ध काम गर्न संघीय संसद्का महिला सांसदले आठ सदस्यीय समिति गठन गरेका छन् ।

यसमा आवश्यक थपघट हुन सक्ने बताइएको छ। समितिले महिला हिंसाका विरुद्धमा काम गर्ने बताइएको छ। सोमबार सिंहदरबारमा भेला हुँदै प्रतिनिधिसभा र राष्ट्रिय सभाका महिला सांसद मिलेर समिति गठन गरिएको हो ।

समितिमा पुष्पा भुसाल, शान्ता चौधरी, प्रमिला कुमारी, अमृता थापा, लक्ष्मी परियार, विन्दा पाण्डे, निरुदेवी पाल, पार्वती रावल छन्।

भेलामा बोल्दै सांसद पाण्डेले भनिन्, ‘पीडितको जाहेरी नै नलिने र स्थानीय तहमै मिलापत्र गराउने, त्यो चाहे परिवारकै सदस्य होस् वा समाजको, उसलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ। जनप्रतिनिधिहरूको संलग्नता छ भने अहिलेको कानुनले नदिए पनि उनीहरूलाई निलम्बन गर्ने कानुन निर्माण गरेर जानुपर्छ।’

समितिले महिला हिंसाका विरुद्धमा निरन्तर काम गर्ने पाण्डेले बताइन् ।

‘महिला हिंसाबारे ह्युमन राइट अर्गनाइजेसनसँग छलफल गर्न, महिला अभियन्ताहरूसँग छलफल गर्नुपर्ला । त्यसैले एउटा समिति बनाएर अघि बढ्दा राम्रो हुन्छ,’ उनले भनिन्।