१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/ एएफपी
२०७७ असोज १२ सोमबार १३:४४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोना भाइरसबाट विश्वमा १० लाखभन्दा बढीको मृत्यु, तीन करोड ३३ लाखभन्दा बढी संक्रमित

Read Time : < 1 मिनेट
रासस/ एएफपी
२०७७ असोज १२ सोमबार १३:४४:००

महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ११ हजार पुगेकाे छ । कुल संक्रमितमध्ये दुई करोड ४६ लाख ३९ हजार निको भएका छन् भने ७६ लाख ७० हजार मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । 

पेसा–व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या पनि ७३ लाख २१ हजार नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख नौ हजारभन्दा बढीको मृत्यु भएको छ ।  

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६० लाख ७४ हजार सात सय दुईजना  संक्रमित भएका छन् ।  यहाँ ९५ हजार पाँच सय ७४ जनाको ज्यान गइसकेको छ । यस्तै ब्राजिलमा ४७ लाख ३२ भन्दाबढी व्यक्ति संक्रमित भएकामा एक लाख ४१ हजार सात सय ७६ भन्दा बढीको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । यहाँ दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।

युरोपेली मुलुकहरू खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धको घोषणा गर्न थालिएको छ ।