मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएनआई
२०७७ असोज १२ सोमबार १२:४८:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा ११ दिनमा १० लाखले जिते कोरोना

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ असोज १२ सोमबार १२:४८:००

भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको भएका छन् । भारतीय सरकारको रिपाेर्टअनुसार केही दिनयता कोरोनामुक्त हुने दर बढेको छ । 

यसैगरी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो ११ दिनमा मात्रै १० लाखभन्दा बढी संक्रमित निको भएका जनाएको छ । मन्त्रालयले गत जुन महिनाको ३० तारिखमा जम्मा एक लाख नागरिक निको भएको तथ्यांक सार्वजनिक गरेकोमा अहिले सो संख्या ५० लाख पुगेको जनाएको छ । मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा जनाइएको छ । 

विज्ञप्तिअनुसार भारतमा हाल हरेक दिन कम्तीमा ९० हजारजना  निको भएर घर फर्किरहेका छन् । स्वास्थ्य संरचना तथा पूर्वाधारका साथै पछिल्ला दिनमा जनस्वास्थ्यका मापदण्डको पालना गरेका कारण निको हुने दर बढेको विज्ञप्तिमा उल्लेख छ ।