मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १२ सोमबार १२:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिनियाँ दूतावासनजिक प्रदर्शन गर्ने नेविसंघका ६ जना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १२ सोमबार १२:३२:००

हुम्लामा सीमा मिचिएको विरोधमा चिनियाँ दूतावासमा प्रदर्शन गर्न पुगेका नेविसंघका ६ जना नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

दूतावास पुगेर सीमा मिच्न पाइँदैन, चिनियाँ हस्तक्षेप बन्द गर जस्ता नारा लगाइरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवराज त्रिपाठी, प्रनिल तामाङ, सुबोध ओली, अर्बत खड्का, दीपेन्द्र खड्का रहेको नेविसंघका मनीष सिम्खडाले जानकारी दिए।  

त्रिपाठी चिनौँ सिमाना, जोगाऔँ माटो अभियानका संयोजक पनि हुन्।