मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज १२ सोमबार १२:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ प्रदेश २ को अध्यक्षमा कार्की निर्विरोध चयन

Read Time : < 1 मिनेट
२०७७ असोज १२ सोमबार १२:१३:००

अखिल नेपाल फुटबल संघ, प्रदेश २ को अध्यक्षमा रौतहटका नेपाल कार्की निर्विरोध चयन भएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा भएको भेलाबाट कार्की अध्यक्षमा चयन भएका हुन्। 

फुटबल संघ प्रदेश २ को वरिष्ठ उपाध्यक्षमा विजयकुमार गुप्ता चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ, रामचन्द्र लामा, अमर खवास, रमेशकुमार श्रेष्ठ चयन भएका हुन् । संघको महासचिवमा सुरेश शर्मा ठाकुर र कोषध्यक्षमा ठाकुरबहादुर सुस्लिङ चयन भएको अखिल नेपाल फुटबल संघले जनाएको छ । 

त्यस्तै संघको सदस्यमा बाबुराम दाहाल, विनोद कार्की, लक्ष्मी चौधरी, दिनेशकुमार श्रेष्ठ, रामकेवल मुखिया, रामेश्वर साह र ललिताकुमारी चौधरी निर्विरोध चयन भएका छन् ।