१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज १२ सोमबार ०५:०८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु

Read Time : < 1 मिनेट
२०७७ असोज १२ सोमबार ०५:०८:००

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दसैँ–तिहारभरिका लागि ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ । कम्पनीले मूल्यमा छुटसहित विभिन्न अफरको योजना ल्याएको हो । 

योजनाअनुसार ग्राहकले ३ लाख ५० हजार रुपैयाँबराबरको नगद छुट, २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउने जनाइएको छ । त्यस्तै, न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बिमा र गाडीका अक्सेसोरिजहरू निःशुल्क प्रदान गरिने जनाइएको छ । यसका साथै कुनै व्यक्तिले अरूलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई बिक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । 

यो योजना सीमित अवधिका लागि नेपालमा रहेका सुजुकी गाडीका ३६ वटै सोरुममा लागू हुने जनाइएको छ । फरक मोडेलका कारमा फरक हिसाबले छुट प्रदान गरिने कम्पनीले जनाएको छ । सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स, वागेन आर, इग्निस, स्विफ्ठ, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरू बिक्री गर्दै आएको दाबी गरेको छ ।