१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज १२ सोमबार १०:१९:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

पद्मश्री पुरस्कार उप्रेतीलाई, सम्मान प्रश्रितलाई

Read Time : < 1 मिनेट
२०७७ असोज १२ सोमबार १०:१९:००

 समालोचक तथा आख्यानकार डा.सञ्जीव उप्रेतीलाई २०७६ को पद्मश्री पुरस्कार प्रदान गरिने भएको छ । खेमलाल—हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले आइतबार ‘हंस’ उपन्यासका लागि उप्रेतीलाई सो पुरस्कार दिने निर्णय गरेको हो । ‘घनचक्कर’ उपन्यासका लेखक उप्रेती त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका प्राध्यापनरत थिए ।

‘हंस’ले मानिसद्वारा निर्मित देश, कानुन तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई कसरी थिचिरहेको छ र बोझ बनाइरहेको छ भन्ने पाटो प्रकृति तथा हाँसको कथामार्फत स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरेका कारण पुरस्कार प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ । 

यस्तै, पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गरिने भएको छ । पूर्वीय दर्शन तथा मार्क्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढंगले विश्लेषण गरेर विश्व मानवता र बन्धुत्व जगाउने लेखक भएका कारण यो सम्मान दिइएको विज्ञप्तिमा उल्लेख छ । पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा प्रदान गर्दै आएकोमा यस वर्ष कोरोना संक्रमणका कारण अनुकूल समयमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनाएका छन् ।