मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १२ सोमबार ०५:०४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्दती खाता योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १२ सोमबार ०५:०४:००

ग्लोबल आइएमई बैंकले महिलालाई आर्थिक रूपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ नामक मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले ६ महिनादेखि ५ वर्ष अवधिका लागि अधिकतम ९ प्रतिशत ब्याज दिने गरी योजना ल्याएको हो । 

यस मुद्दती योजनाले महिलाका नाममा बचत गर्न, महिलालाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाताबाहक महिलालाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रूपमा महिलालाई सबल बनाउन सहयोग पु¥याउने बैंकले जनाएको छ ।

यो खाता १ लाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने जनाइएको छ । यसमा बचत गर्ने बानीलाई प्रोत्साहन गर्न, बचत भएको रकम पटक–पटक थप गर्न पनि सकिने व्यवस्था रहेको जनाइएको छ । 

बैंकले यो खातासँगै निःशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र १० लाखभन्दा बढी रकमको मुद्दती खाता खोल्ने ग्राहकहरूलाई प्रिभिलेज कार्ड उपलब्ध गराउने जनाएको छ ।

योजनाअन्तर्गत मुद्दती खाता खोल्ने ग्राहकले होम कर्जा लिँदा प्रोसेसिङ शुल्कमा शतप्रतिशत छुट पाउने तथा निश्चित रकमसहित मुद्दती खाता खोल्ने प्रतिबद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।