Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट
२०७५ पौष ३ मंगलबार १७:१२:००
Read Time : < 1 मिनेट
समाचार

निर्मला बलात्कार र हत्या : निर्मलाकी आमाले दिइन् ८ प्रहरीविरुद्ध उजुरी

Read Time : < 1 मिनेट
मोहन विष्ट
२०७५ पौष ३ मंगलबार १७:१२:००

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्त र सोही घटनाका अभियुक्तको रुपमा सार्वजनिक गरिएका दिलिपसिंहका दाजु खडकसिंह बिष्टले उजुरी दिएका छन् । दुर्गादेवीले ८ जना प्रहरी विरुद्ध सार्वजनिक न्याय विरुद्धको कसुर सम्बन्धी किटानी जाहेरी दिएकी छन् । 

उनले तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज बिष्ट, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, तत्कालिन कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदिशप्रसाद भट्ट, प्रहरी नायब निरीक्षकद्वय रामसिंह धामी, हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध जाहेरी दिएकी हुन् ।

मुलुकी फौजदारी संहिताको दफा ८९, ९२, ९३ र ९९ बमोजिम कसुर  गरेकाले उनीहरु विरुद्ध हदैसम्मको कारबाहीको माग उजुरीमा गरिएको छ । खडकसिंह बिष्टले यातना सम्बन्धी मुद्दा दायर गरेका हुन् । कञ्चनपुरका प्रहरी प्रमुख कँुवेरसिंह कडायतले उजुरी दर्ता भएकाले कानुनअनुसार प्रकृया बढेको बताए ।