Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ असोज ११ आइतबार २२:२१:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मायांकले आइपिएलमा लगाए शतक

Read Time : > 1 मिनेट
२०७७ असोज ११ आइतबार २२:२१:००

किंग्स ११ पन्जाबका ओपनर ब्याट्सम्यान मायांक अग्रवालले १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो शतकीय इनिङ्स खेलेका छन् । युएईको सारजहाँ मैदानमा आइतबार मायांकले केवल ४५ बलमै राजस्थान रोयल्सविरुद्ध शतकीय इनिङ्स लगाएका हुन् । 

आइपिएलको इतिहासमा भारतीय ब्याट्सम्यानबाट सबैभन्दा छिटो शतक लगाउने उनी दोस्रो ब्याट्सम्यान हुन् । यसअघि २०१० मा युसुफ पठानले मुम्बई इन्डियन्सविरुद्ध ३७ बलमा शतकीय इनिङ्स खेलेका थिए । आइपिएलमा किंग्स ११ कै ब्याट्सम्यान क्रिस गेलको नाममा ३० बलमै शतक खेलेको रेकर्ड छ । 

राजस्थानविरुद्धको प्रतिस्पर्धामा किंग्स ११ ले ओपनिङ सानदार पाएको थियो । कप्तान लोकेश राहुल र मायांकले पहिलो विकेटका लागि १६.३ ओभरमा एक सय ८३ रनको साझेदारी गरेका थिए । यो आइपिएलकै तेस्रो ठूलो ओपनिङ साझेदारी हो । २०१९ मा सनराइजर्स हैदराबादका डेभिड वार्नर र जोनी बेयरस्टोले रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध एक सय ८५ रनको मजबुत साझेदारी गरेका थिए । दोस्रो स्थानमा तत्कालीन कोलकाता नाइट राइडर्सका क्रिस गेल र गौतम गम्भिरबीच एक सय ८४ रनको साझेदारी भएको थियो । यो २०१७ को संस्करणमा यी दुवै ब्याट्सम्यानले रेकर्ड राखेका थिए । 

मायांककै शतकीय इनिङ्सको सहयोगमा किंग्स ११ ले राजस्थानविरुद्ध २२३–२ को प्रदर्शन गऱ्याे । मायांका सन्जु सामसनबाट क्याच आउट हुनुअघि ५० बलमा ७ छक्का र १० चौका प्रहार गरे । यसैगरी कप्तान राहुलले ५४ बलमा एक छक्का र सात चौकाको सहयोगमा ६९ रन बनाए । राहुलले अघिल्लो खेलमा एक सय ३२ रनको शतकीय इनिङ्स खेलेका थिए । ग्लेन म्याक्सवेलले १३ रन तथा निकोलास पुरनले ८ बलमा तीन छक्काको मद्दतमा २५ रन जोडे । 

अहिलेसम्म आइपिएलमा पन्जाब र राजस्थानले १९ पटक प्रतिस्पर्धा गरेका छन्  । जसमा राजस्थानले १० र पन्जाबले नाै खेलमा जित निकालेका छन् । २००८ मा पहिलो संस्करण विजेता राजस्थानले अहिलेसम्म १ सय ४८ खेलमा ७६ जित र ७० हारको सामना गरेको छ । पन्जाबले एक सय ७८ खेलमा ९५ जित निकालेको छ ।