Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ११ आइतबार २०:०३:००
Read Time : > 2 मिनेट
विश्व

दक्षिण अफ्रिकामा अल्कोहलमा प्रतिबन्ध सधैँलाई लगाउन जोड

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ११ आइतबार २०:०३:००

कोरोना महामारीका कारण विश्वभर ‘जबलेस’ हुने क्रम तीव्र गतिमा बढिरहेको छ । यसरी ‘जबलेस’ हुने धेरै व्यक्ति मानसिक तनाव व्यवस्थापनका लागि अल्कोहल (पेयपदार्थ)को सहारामा पुग्ने गरेका छन् । पश्चिमी समाचार माध्यमहरूले पनि महामारी सुरु भएयता अल्कोहल वा ड्रिंक्स बिक्री बढेको जनाइरहेका छन् । 

एक अध्ययनअनुसार पछिल्लो समय बेलायतमा अल्कोहलको प्रयोग २१ प्रतिशतले बढेको जनाएको छ । यसै अनुपातमा क्यानडामा अल्कोहल प्रयोगकर्ता बेलायतमा भन्दा धेरै देखिएका छन् । कतिपय राष्ट्रले आफ्ना नागरिकलाई अल्कोहलको कुलतबाट छुटकारा दिलाउन प्रतिबन्ध नै लगाए । 

लकडाउनको समयमा केही देशले भने पेयपदार्थ प्रयोगलाई पूर्ण निषेध नै गरेका थिए । यस्तै देशमध्ये दक्षिण अफ्रिकाका पनि एक हो । दक्षिण अफ्रिकाले कोभिड– १९ को दुवै चरणमा अल्कोहल (रक्सी) पूर्ण रूपमै बन्द ग¥यो । तथ्यांकअनुसार विश्वमै सबैभन्दा धेरै अल्कोहल प्रयोगकर्ता दक्षिण अफ्रिकामै छन् । त्यहाँको सरकारले कोभिड–१९ को समयमा बेरोजगार जनताले अल्कोहलको प्रयोग अन्य समयभन्दा बढी गर्ने जनाउँदै प्रतिबन्ध नै लगाएको हो । साथै महिला हिंसा, चोरी, दुर्घटना आदि जस्ता घटना रोक्न दक्षिण अफ्रिकाले लकडाउनमा कडाइका साथ अल्कोहल तथा लागुऔषधमाथि प्रतिबन्ध लगायो । 

हरेक वर्ष साढे चार करोडको अकालमा मृत्यु 
दक्षिण अफ्रिकामा विषादी रक्सी उत्पादन धेरै हुन्छ । यहाँ हरेक वर्ष विषादी रक्सी सेवनले सयौँको ज्यान जान्छ । प्रत्येक वर्ष विश्वमा अल्कोहल, लागुऔषध, सवारी दुर्घटना तथा डिप्रेसनका कारण चार करोड ५० लाख मानिसको ज्यान जाने गर्छ । दक्षिण अफ्रिकाकै कुरा गर्दा यहाँ बर्सेनि सवारी दुघर्टनाबाट १४ हजारजनाको निधन भएको रेकर्ड छ । यस्तै प्रत्येक दिन ६० जनाको हत्या भइरहेको हुन्छ । लकडाउनपछि दक्षिण अफ्रिकामा अल्कोहल सेवन गरी हुने सवारी दुर्घटना ८५ प्रतिशतले घटेको छ । दक्षिण अफ्रिकामा ५ अगस्टमा यो प्रतिबन्ध हटेको हो । दक्षिण अफ्रिकाको यो कार्यलाई विश्व स्वास्थ्य संगठनले समेत स्वागत गरेको छ । कोभिड– १९ को समयमा थाइल्यान्ड र भारतमा समेत अल्कोहल प्रतिबन्ध थियो । केन्याले डिस्को र बारमा राख्न नपाउने निर्देशन दिएको थियो । 

जहाँ रंगभेदी घटना धेरै हुन्छन् त्यस्ता स्थानको सहारा नै रक्सी भएको दक्षिण अफ्रिकामा भएको एक अनुसन्धानले जनाएको छ । दक्षिण अफ्रिकी सरकारले ग्रामीण क्षेत्रमा बढी रंगभेदी घटना हुने हुँदा त्यहाँ अहिलेसम्म पनि अल्कोहल पिउन र किन्न प्रतिबन्ध नै लगाएको छ । 

स्थानीयवासी सरकारको निर्णयप्रति भन्छन्, ‘यो सेतो लुगा लगाउने सैनिकहरूले मात्र पिउने कुरा हो, हामीजस्तो ब्ल्याक अफ्रिकनले कहाँ अल्कोहल पिउन मिल्छ ।’ स्थानीयले सरकारप्रति जे–जस्तो आरोप लगाए पनि कोभिड– १९ को समयमा आफ्ना जनता नराम्रो बाटोमा नलागुन् भनी अपनाएको नीति हो । 

सरकारले गत महिना अल्कोहलमाथिको प्रतिबन्ध फुकुवा गरेपछि धेरैजसो अल्कोहल प्रयोगकर्ताले भनेका छन्, ‘मैले त आज एक लाख अमेरिकन डलर जितेबराबरको महसुस गरेको छु, अब कति पिउने हो थाहा छैन ।’ सरकारले लकडाउनसँगै प्रतिबन्ध लगाएको सबै फुकुवा एकै साथ गरेको हो । यहाँ एउटा प्रश्न खडा हुन्छ, किन दक्षिण अफ्रिकाले एकैपटक सबै क्षेत्र खुकुलो ग¥यो । 

दक्षिण अफ्रिका कोभिड–१९ संक्रमितको पाँचौँ स्थानमा छ । सधैँभरि बन्द गरी राख्दा जनता भोकभोकै बस्न बाध्य भए । लाखौँ जनताले काम गुमाए । असंख्य व्यक्ति पुनस्र्थापन्न केन्द्रमा पुगे ।

लकडाउन खुलाउने सरकारको निर्णयप्रति सबै खुसी छन् । ‘पहिला नै नराम्रो लागेको थियो अहिले काम गर्न पाइरहेको छु,’ केपटाउनका जोहान्सले भने, ‘कामविहीन हुँदा अल्कोहल र अन्य लागुऔषध सेवन गरेको थिएँ ।’ कम्पनीबाट निकालिँदा चारजनाको परिवार कसरी पाल्ने भनी उनी चिन्तित बनेका थिए । सरकारले अल्कोहल प्रतिबन्ध गरेपछि लुकिछिपी किन्ने गरेको उनले बताए । भन्छन्, ‘जहाँ पनि दोस्रो विकल्प हुन्छ, हामीले रक्सी वा चुरोट पिउन दोस्रो विकल्प नै प्रयोग ग¥यौँ ।’

डब्ल्युएचओले लागुऔषध तथा ड्रग्स प्रयोगबाट दक्षिण अफ्रिकामा ६० प्रतिशतभन्दा बढी मानिसलाई गम्भीर रोग लाग्ने गरेको बताएको छ । ‘अल्कोहल धेरै प्रयोगले दक्षिण अफ्रिकामा विश्वकै एक डरलाग्दो राष्ट्र बन्न लागेको छ,’ डब्ल्युएसओले भनेको छ, ‘यो कोभिड–१९ को समयमा सरकारले अल्कोहल तथा लागुऔषधमाथि लगाइएको प्रतिबन्धको हामीले तारिफ गर्नुपर्छ ।’ 

दक्षिण अफ्रिकाकै अनुसन्धानकर्ता बोन्गिवे डोन्डोले कोभिड–१९ को समयमा सरकारले अपनाएको नीतिका कारण समाजमा व्यापक सुधार आएको उल्लेख गरेका छन् । ‘यो समयमा धेरै महिला घरेलु हिंसाबाट बचे, उनीहरूले समस्यालाई सामूहिक रूपमा राखेका छन्, यसपटक अफ्रिकन महिलाले सुरक्षित भएको महसुस गरे,’ बोन्गिवेले भने, ‘यो अल्कोहलमाथिको प्रतिबन्धको प्रतिफल हो ।’

यसैबीच जोहान्सबर्गको एक अस्पतालका डाक्टर काटिए जोर्डानले सीमित समयमा लगाएको प्रतिबन्ध पूर्णकालीन हुनुपर्ने जोड दिएका छन् ‘सरकारले लकडाउन अवधिभरि मात्रै त्यस्ता नराम्रो कुरामाथि प्रतिबन्ध लगाएको थियो, जुन पक्ष सधैँभरि टाउको दुखाइ हुन्छ, त्यसलाई एउटा नियम बनाएर सधैँका लागि प्रतिबन्ध लगाउँदा उचित हुने थियो,’ डा. काटिएले सुझाब दिए, ‘हामीले यसलाई कति समयसम्म अगाडि लैजाने भन्न मात्र हो ।’ 

–एजेन्सीको सहयोगमा