मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपक अधिकारी काठमाडाैं
२०७७ असोज ११ आइतबार १९:५५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मुख्यमन्त्रीले नै ख्याल गरेनन् स्वास्थ्य मापदण्ड : भिडभाडपूर्ण कार्यक्रम, कतिपय सहभागी मास्कविनै 

Read Time : < 1 मिनेट
२०७७ असोज ११ आइतबार १९:५५:००

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्रीय सरकारले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आह्वान गर्दै आएको छ । प्रदेश र स्थानीय सरकारले पनि जनचेतना फैलाउने काम गरिरहेका छन् । तर, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित प्रदेश मन्त्री, सांसदलगायत जनप्रतिनिधि मापदण्डको ख्याल नगरी सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । 

विश्व पर्यटन दिवसको अवसरमा आइतबार टान पोखराले फेवाताल किनारामा गरेको कार्यक्रममा करिब सयजना सहभागी भएका थिए । सहभागी कतिपयले त मास्क पनि लगाएका थिएनन् । 

कार्यक्रममा मुख्यमन्त्री गुरुङ, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रतिनिधि, मन्त्रालयका कर्मचारी, पर्यटन व्यवसायीलगायत सहभागी थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले कोरोनाका कारण विश्व नै आक्रान्त बनिरहेको र यसबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित हुन पुगेको बताए । पर्यटन क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएको भन्दै उनले जनशक्तिको दक्षता, कौशलता, ज्ञान तथा आचरणसम्बन्धी क्षमता विकास गर्नुपर्ने आवश्यकता आँैल्याए । 

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि अल्पकालीन र दीर्घकालीन रणनीतिक योजना निर्माणसहित सरकार अघि बढ्नुपर्ने उनको भनाइ छ ।