मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ११ आइतबार १६:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सचिव श्रेष्ठ भन्छन्, ‘सिंहदरबारमा दुई-चारजना नमरेसम्म कोरोना नियन्त्रण हुँदैन’

Read Time : < 1 मिनेट
२०७७ असोज ११ आइतबार १६:५८:००

उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुई–चारजनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण नहुने बताएका छन् ।

‘अहिले देशभर संक्रमितमध्ये आधा उपत्यकामै छन्, यो हामीले देख्दा-देख्दै शून्यबाट यहाँ पुगेको हो, यसमा सबैभन्दा ठूलो दोष सिंहदरबारकै छ,’ उनले भने । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मेयर श्रेष्ठले सिंहदरबारले नचाहेसम्म उपत्यकामा कोरोना नियन्त्रण असम्भव रहेको बताए । 

‘पहिले बाहिरबाटै उपत्यकामा भित्रिएको हो, अब दसैँ र तिहारका लागि घर जानेहरूले देशैभरि घरघरमा कोरोना पुर्‍याउँदैछन्,’ उनले भने, ‘त्यसैले कोरोनाले सिंहदरबारमै दुई–चारजना मर्नुपर्छ, तब मात्रै यसको नियन्त्रणमा ध्यान पुग्छ।’ 

सरकारले आवतजावत्लाई पूर्ण निषेध गर्नुपर्ने अवस्थामा देशैभरि आवतजावत खुला गर्नुले देशैभरि महामारी फैलिने जोखिम रहेको उनको भनाइ थियो । ‘सक्रिय संक्रमित भएका ठाउँमा निषेधाज्ञा लगाउनुपर्छ, आवतजावतलाई रोक्नुपर्छ, नत्र दसैँसम्म उपत्यकामा बढ्दो संक्रमितको संख्याले लाख नाघ्छ,’ उनले भने । मेयर श्रेष्ठले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको निषेधाज्ञा कागजमै सीमित बनेकाले महामारी फैलिएको आरोप लगाए । 

उनले अर्को प्रसंगमा भने, ‘उपत्यका विकास प्राधिकरण निश्चित व्यक्तिको आर्थिक चंगुलमा फसेको छ, यसले उपत्यकाको विकास गर्न सक्दैन ।’ सरकारले दशकौँअघि तयार पारेको नक्सालाई स्मार्टसिटीको नाम दिँदै विदेशी पैसाकै भरमा उपत्यकाको भूगोल नबुझी र विनाछलफल ल्याएको स्मार्टसिटीको अवधारणाको फोरमले विरोध गर्दै आएको र यसले पूर्णता नपाउने उनले ठोकुवा गरे ।

उनले उपत्यकाको सम्पूर्ण पाटोको अध्ययन गरी सरोकारवालाहरूसँगको छलफलविना ल्याइएको स्मार्टसिटी पनि आर्थिक चलखेलकै पाटो रहेको बताए । प्राधिकरणले उपत्यकामा चारवटा स्मार्टसिटी निर्माण गर्ने योजना अघि सारेको छ ।