मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ११ आइतबार १६:२५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : देशभर १५७३ जना कोरोना संक्रमित थपिए, ८८५ भए डिस्चार्ज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ११ आइतबार १६:२५:००

देशभर पछिल्लो २४ घन्टाको अवधिमा एक हजार पाँच सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घन्टामा आठ सय ८५ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

देशभर हालसमम कुल ५३ हजार आठ सय ९८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशमा कोरोना निको हुने दर ७३.४ प्रतिशत रहेको पनि जानकारी दिए । 

हाल देशभर १९ हजार १९ सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । 

हाल देशभर होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेको उनले जानकारी दिए । 

अहिलेसम्म नाै लाख ८८ हजार तीन सय २७ जनामा कोरोना परीक्षण गरिएको उनले जानकारी दिए । 

अहिले ६ हजार दुई सय ८१ जना क्वारेन्टिनमा बसिरहेको मन्त्रालयले जानकारी दिएको छ । 

अहिले भेन्टिलेटरमा देशभर ३३ जना उपचाररत रहेको उनले बताए ।