१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ११ आइतबार १४:३५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भान्सामा कार्यरत सहयोगी सैनिकलाई कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ११ आइतबार १४:३५:००

प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । 

ललितपुरको शशिभवनस्थित निवासमा उनको भान्सामा कार्यरत सहयोगी सैनिकलाई शनिबार कोभिड– १९ पोजेभिट देखिएपछि प्रधानसेनापति क्वारेन्टिनमा बसेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्डबमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै सेल्फ क्वारेन्टिनमा बसेको सेनाले जनाएको छ ।