मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल सुर्खेत
२०७७ असोज ११ आइतबार १२:१८:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

भेरी पुलमा कर्णाली प्रदेशको विशेषता झल्कने सामग्री राखियो

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ असोज ११ आइतबार १२:१८:००

कर्णाली प्रदेश भौगोलिक रूपमा जति विकट छ प्राकृतिक सौन्दर्यका हिसाबले त्यति नै धनी छ । 

धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका हिसाबले पनि विशिष्ट छ कर्णाली । कर्णाली प्रदेश नेपाली भाषा, संस्कृति र इतिहासको खुला संग्रहालय हो ।

यसै संग्रहालयका विषयमा जानकारी दिन सुर्खेत वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिका सीमामा रहेको भेरी पुलमा कर्णाली झल्काउने चित्रहरू कोरिएका छन् । 

कर्णालीका पर्यटकीय क्षेत्र, रीतिरिवाज र यहाँ पाइने वन्यजन्तुका विषयमा भेरी पुलमा खम्बाहरूमा चित्र कोरिएका छन् ।

भौगोलिक विकटता र मानव विकास सूचकांकमा सबैभन्दा पछाडि परेको कर्णाली प्राकृतिक सौन्दर्यले भरिएको छ । 

स्वर्गकी अप्सरा उपनाले चिनिने रारा ताल पर्यटकको पहिलो रोजाइमा पर्ने क्षेत्रदेखि से–फोसन्डाेलगायतका क्षेत्रको भेरी पुलमा चित्रण गरिएको हो । 

कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णाली झल्काउने चित्र गत आर्थिक वर्षमा नै भेरी पुलमा राखेको हो । 

पर्यटकीय स्थलहरू, कला, संस्कृति, रीतिरिवाज, कर्णालीका जीवजन्तु सबैकोे जानकारी भित्ताभित्ताबाटै गराएको छ । कर्णालीमा घुम्न आउने पर्यटकका लागि कर्णालीका पर्यटन क्षेत्रको जानकारी होस् भनेर भेरी पुलको भित्तामा जानकारी दिएको हो ।

सरकारले भ्रमण वर्ष घोषणा गरेको र त्यही आधारमा कर्णालीका सय गतव्य तय गरेको आधारमा कर्णाली प्रवेशद्वारका रूपमा रहेको भेरी पुलमा कर्णाली चिनाउने चित्र कोरिएको कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बताए । 

‘भ्रमण वर्षको अवसरमा कर्णाली चिनाउने चित्र भेरी पुलमा कोरिएका हुन्,’ उनले भने, ‘पुलबाट नै कर्णाली चिनाउने चिनारी दिन खोजेका हौँ ।’

भेरी पुलमा कर्णाली झल्काउने लोपोन्मुख अवस्थामा रहेका राउटे जातिका विषयमा पनि जानकारी दिएको मन्त्री बुढाले बताए । 

‘कर्णालीमा मात्र रहेको फिरन्ते जीवन बिताइरहेका राउटे जातिका विषयमा जानकारी दिएका छौँ,’ उनले भने, ‘कर्णालीमा पाइने दुर्लभ वस्तुको विषयमा बाहिरबाट आउने पाहुनाले यसैबाट जानकारी होस् भन्ने हाम्रो चाहना हो ।’ 

कोरोना महामारीका कारणले भ्रमण वर्ष स्थगित भएका कारणले पर्यटक आउन छाडेको, तर भेरी पुलमा कोरिएका चित्रले कर्णालीका पर्यटकीय क्षेत्रका विषयमा जानकारी भविष्यसम्म दिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । 

भेरी पुल हुम्लाको लिमी उपत्यका, डोल्पाका शे–फोक्सुन्डाे र त्रिपुरासुन्दरी मन्दिर, मुगुको राराताल, जुम्लाका सिँजा उपत्यका र डुडुल चैत्य र  कालिकोटको पचाल झरना छन् ।

त्यस्तै जाजरकोटको खलंगा दरबार, दैलेखको कोतगढी, पञ्चदेवल, बेलासपुर, महावु क्षेत्र, रुकुम पश्चिमको चित्रे पाटन, सल्यानको कुपिण्डे दह, सुर्खेतको काँक्रेबिहार र देउतीबज्यै मन्दिरलगायतका क्षेत्रको चित्र अंकित गरिएका छन् । 

प्रदेशअन्तर्गत प्रदेशभरिको भेरी र कर्णाली जलयात्रा, हिमालयन ग्रेट ट्रेल, हिमाल आरोहण, हुम्लाको मानसरोवर रुट, बारदेव पर्यटकीय क्षेत्र र सिमकोट शिवमन्दिर, डोल्पाको शे–गुम्बा र तिन्जे उपत्यका, सुर्खेत–दैलेखमा पर्ने गुराँस क्षेत्रलाई पनि भेरी पुलमा चित्र कोरिएका छन् ।