१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज ११ आइतबार ११:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचथरको विपत् व्यवस्थापनका लागि मन्त्री नेम्ङवाले गरे २० लाख सहयोग

Read Time : < 1 मिनेट
२०७७ असोज ११ आइतबार ११:४०:००

पाँचथरबाट संघीय संसदमा निर्वाचित सांसद तथा भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले प्राकृतिक विपत् व्यवस्थापन तथा महामारीसँग जुध्न जिल्लावासीलाई सहयोग गरेका छन् । 

जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत मन्त्री नेम्वाङले प्राकृतिक विपत् व्यवस्थापनका लागि नगद २० लाख रुपैयाँ र कोरोना रोकथामका लागि १५ सय थन सर्जिकल मास्क, दुई सय थान भिटिएम, दुई सय थान ग्लोभ्स प्रदान गरेका हुन् ।

जिल्ला समन्वय समितिको चौथो जिल्ला सभामा गरिएको घोषणाअनुसार फिदिम नगरपालिकालाई तीन लाख, तुम्बेवा गाउँपालिकालाई दुई लाख र अन्य गाउँपालिकालाई दुई लाख ५० हजारका दरले रकम सहयोग गरेका हुन् । 

जिल्लामा क्रियाशील विपत् व्यवस्थापन समितिले प्राप्त रकमलाई सबै स्थानीय तहलाई तत्कालै हस्तान्तरणसमेत गरेको छ । तत्कालका लागि सामान्य सहयोग गरिए पनि जिल्लाको दीर्घकालीन विकासका लागि आफूहरूले लगातार काम गरिरहेको नेम्वाङले बताए । 

जिल्ला अस्पताल पाँचथरमा कोभिड अस्पताल स्थापनाका लागि पछिल्लो समय दुई करोड रुपैयाँ विनियोजन भएको उनले बताए । उनले भने, ‘१० वटा आइसोलेसन बेड र चारवटा भेन्टिलेटरसमेत रहने गरी हामीले अस्पतालकाे विकास गर्ने योजना बनाएका छौँ । कोभिड अस्पताल निर्माण भएसँगै परीक्षण र नियन्त्रणको दायरासमेत बढ्नेछ।’ 

पाँचथरका सबै गाउँपालिकामा १५ शय्याको अस्पताल स्थानपनाको काम बढिसकेको उनले बताए । देशका ४० जिल्लामा राष्ट्रिय विद्युत् पुऱ्याउने योजनाअनुसार पाँचथरमा पनि काम भइरहेको उनले जानकारी दिए ।