Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ११ आइतबार ०९:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालमा किया सोनेट सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ११ आइतबार ०९:१३:००

नेपालका लागि कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सबकम्प्याक्ट एसयुभी सोनेटको मूल्य सार्वजनिक गरेको छ । सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपिभीपछिको तेस्रो गाडी हो । 

सोनेटको बेस एचटिई भेरियन्टको सुरुवाती मूल्य ३५ लाख ९० हजार रुपैयाँ र उपलब्ध सुविधाका आधारमा जिटिएक्सप्लस भेरियन्टको मूल्य ६५ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ । सोनेट सातवटासम्म कलर अप्सनमा उपलब्ध रहेको जनाइएको छ । यी गाडीहरू तीनवटा डुअल–टोन कलर थिममा हुने कम्पनीले जानकारी दिएको छ । 

सोनेटले यो सेग्मेन्टकै सबैभन्दा बढी फिचर भएको क्याबिन दिने दाबी गरिएको छ । यसमा १०.२५ इन्चको एचडी इन्फोटेन्मेन्ट स्क्रिन, युभिओ कनेक्टिभिटी अप्सन, सबउफरसहितका ७ वटा स्पिकर, एलइडी साउन्ड मुड ल्याम्प, कुलिङ फङ्सन्ससहितको वायरलेस स्मार्टफोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायरलगायत विशेषता रहेको कम्पनीले जनाएको छ ।

प्रमुख सेफ्टी फिचर्समा ६ वटा एयरब्याग, इबिडीसहितको एबिएस, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल र ब्रेक असिस्टलगायत फिचर रहेको दाबी गरिएको छ ।