१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ११ आइतबार ००:०६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यी हुन् शनिबार दिनभरका मुख्य १२ खबर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ११ आइतबार ००:०६:००

१. जो आँसुले मुछेर भात खाइरहेका छन् (भिडियो रिपोर्ट)

कोरोना महामारी नआएको भए सञ्जीव राई सायद होटेलको भान्सामै परिकार पकाइरहेका हुन्थे । सेतो ह्याट र एप्रोनमा सजिएर ग्राहकको इच्छाअनुसारका मेनु तयार गरिरहेका हुन्थे । तर, कोरोना महामारीले उनको जीवनमा नहुनुपर्ने भइदियो । सञ्जीव अहिले खुलामञ्चमा छन् । कोभिड–१९ महामारीअघि सयौँ मानिसलाई खाना पकाएर खुवाउने उनी अहिले आफैँ मागेर पेट भर्दै छन् ।

२. भारतीय उद्योगपति अनिल अम्बानीले भने– मसँग अब एउटा कार मात्रै बाँकी छ

भारतको चर्चित कम्पनी रिलाइन्स समूहका मालिक अनिल अम्बानीले लन्डन कोर्टलाई पहिलोपटक जवाफ फर्काएका छन् । ऋणमा चुर्लुम्म डुबेका अम्बानीले भिडियो कन्फ्रेन्समार्फत लन्डन अदालतलाई आफूले सामान्य जीवन बिताइरहेको जानकारी दिएका छन् । घरमा एउटा मात्र कार रहेको र वकिलको फिस तिर्न गहना बेचेको उनले अदालतलाई बताएका छन् । 

३. कोरोना संक्रमित थप आठजनाको निधन

२४ घन्टाभित्र कोरोना संक्रमणबाट थप आठजनाको निधन भएको छ । निधन हुने सबै पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । योसमेत देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या चार सय ६७ पुगेको छ ।

४.    काठमाडौं उपत्यकामा थपिए सात सय २४ संक्रमित

काठमाडौं उपत्यकामा शनिबार थप सात सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई संक्रमण देखिएको हो । 

५. काेराेना मिटर : आज थपिए १२ सय सातजना संक्रमित

पछिल्लो २४ घन्टामा देशभर १२ सय सातजना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा १० हजार १९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार थपिएकोसमेत हालसम्म देशभर संक्रमित हुनेको संख्या ७१ हजार आठ सय २१ पुगेको छ । हाल सक्रिय संक्रमित भने १८ हजार तीन सय ४१ जना छन् ।

६. आयुर्वेदिक विधिबाट पनि हुन्छ प्राथमिक उपचार

आपतकालीन अवस्थाका लागि आवश्यक औषधि र उपचार नै प्राथमिक उपचार हो । प्राथमिक उपचार जीवन बचाउन, थप चोटपटकबाट जोगाउन र छिटो निको पार्नका लागि प्रयोग गरिन्छ । सामान्यतया दुर्घटनाका कारण हुने घाउ, चोट र अन्य समस्याले शरीरमा थप असर पार्नबाट बचाउन घटनास्थलमै प्राथमिक उपचार आवश्यक हुन्छ । घरमै पाइने सामान्य जडीबुटीबाट पनि सजिलै आयुर्वेदिक प्राथमिक उपचार गर्न सकिन्छ ।

७. बलात्कारीलाई फाँसीको सजाय माग गर्दै विरोध प्रदर्शन [तस्बिरसहित]

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गर्दै विरोध प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलामा सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीच पूजा कँडेल र दीपा जैसीले विरोध प्रदर्शन गरेका हुन् । बजाङमा भएको १२ वर्षीया बालिकाको हत्याको निष्पक्ष छानबिनको माग राख्दै आन्दोलनमा गरेको उनीहरूले बताए । उनीहरूले टाउकोमा कालो पट्टी र अनुहारमा रङ दलेर विरोध जनाएका छन् ।

८. आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातामा दुई दिन बिदाकाे अवधारणा : पर्यटनमन्त्री

कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । विगत ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुनेबित्तिकै संगठित क्षेत्रका व्यक्तिलाई संगठित रूपमा देश दर्शन गराउने बताए ।

९. जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड– १९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षालयमा संक्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन उनले आग्रह गरेका छन् । 

१०. जसपा अध्यक्ष यादवको दाबी–काण्डैकाण्डमा फसेको सरकारले देशलाई धराशायी बनायो 

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारले देशलाई धराशायी बनाउँदै लगेको आरोप लगाएका छन् । राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रूपमा धराशायी बनाउँदै लगेको आरोप लगाएका हुन् ।

११. कोरोना महामारीको बेवास्ता गर्दै युइएफए सुपर कपको फाइनल खेलमा २० हजार दर्शक उपस्थित

हंगेरीको बुढापेस्टमा बिहीबार राति सम्पन्न युइएफए सुपर कपको फाइनल खेलमा २० हजार दर्शक उपस्थित थिए । उपाधिका लागि स्पेनिस क्लब सेभिल्ला र जर्मन क्लब बायर्न म्युनिखले प्रतिस्पर्धा गरेका थिए । खेलमा बायर्नले २–१ ले बाजी मार्दै उपाधि जित्यो ।

१२. राष्ट्रिय टोलीमा नपरेपछि डी मारियाको आक्रोश– मेसी र अगुएरोलाई पनि बाहिर राख्नुपर्छ

सन् २०२२ को विश्वकप फुटबल छनोटका निमित्त अर्जेन्टिनाले राष्ट्रिय टोलीको घोषणा गरेको छ । प्रशिक्षक लियोनल स्कोलारीले युवा खेलाडीलाई प्राथमिकतामा राखेको जनाउँदै पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर एन्जल डी मारियालाई बाहिर राखेका छन् ।