मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज १० शनिबार ११:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मौसम : आजदेखि सफा रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज १० शनिबार ११:५७:००

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम शनिबारदेखि सफा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले एक बुलेटिन निकालेर भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र उत्तरपूर्व सर्ने क्रममा रहेकाले आज बेलुकादेखि मौसम सफा हुँदै जाने जनाएको छ । हाल देशको कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । 

आज राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा तथा प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ८ र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस रहेको छ । त्यस्तै, राससका अनुसार आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव ९ डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।