मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ९ शुक्रबार १६:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : आज थपिए १३ सय १३ संक्रमित, कुल संक्रमितको संख्या ७० हजार नाघ्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ९ शुक्रबार १६:२०:००

पछिल्लो २४ घन्टामा देशभर १३ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यो अवधिमा १२ हजार दुई सय ६२ नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएको समेत हालसम्म देशभर संक्रमित हुनेको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

हाल सक्रिय संक्रमित भने १८ हजार दुई सय ८९ जना छन् ।

विगत २४ घन्टामा देशभरबाट १४ सय ५५ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ५१ हजार आठ सय ६६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

संक्रमित निको हुने दर ७३.४ प्रतिशत पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

संक्रमितमध्ये दुई सय २७ जनाको आइसियू र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।