मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज ९ शुक्रबार १३:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाल्पा पहिरो अपडेट : बेपत्ता पाँचमध्ये दुईकाे शव फेला

Read Time : < 1 मिनेट
२०७७ असोज ९ शुक्रबार १३:४५:००

पाल्पाको रम्भा गाउँपालिका- २ फोक्सिङकोटमा पहिरोमा पुरिएर बेपत्ता भएका पाँचजनामध्ये दुईजनाको शव फेला परेको छ । 

बिहीबार बिहान ४ बजे पहिरोले घर पुरिँदा एकैपरिवारका पाँचजना बेपत्ता भएका थिए । पहिरोमा परेर ६३ वर्षीय हुमबहादुर गाहा, उनकी ४७ वर्षीया श्रीमती धनीसरा, १६ वर्षीया छोरी कृष्णामाया र नातिनीहरू १४ वर्षीया खुमीसरा आले र ७ वर्षीया लक्ष्मी गाहा बेपत्ता भएका थिए । 

शुक्रबार धनीसरा र लक्ष्मीको शव फेला परेको र बाँकीको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

बिहीबार दिनभरि परेको पानी र पहिरोले उद्धारमा कठिनाइ भएको थियो । आज बिहानैबाट उद्धार टोलीले बेपत्ताको खाेजीकार्य जारी राखेको सशस्त्र प्रहरी बल, पाल्पाका प्रमुख अरुण सिंहले जानकारी दिए ।