मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ९ शुक्रबार १२:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर धनकुटामा एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असोज ९ शुक्रबार १२:२६:००

धनकुटाको चौबिसे गाउँपालिकामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।

जीर्ण भएर मक्किएको बिजुलीको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लागेर चौबिसे गाउँपालिका– ३ अँधेरीका ५६ वर्षीय भक्तबहादुर दर्जीको ज्यान गएको हो । 

चौबिसे गाउँपालिका– २ स्थित श्रीजंगा सामुदायिक वनमा विद्युतलाइनको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लाग्दा दर्जीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । 

जंगलमा सल्लाको दियालो काट्न गएका दर्जीलाई मक्किएको बिजुलीको पोल ढलेर लत्रिएको तारमा छुँदा करेन्ट लागेको थियो । 

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय राजारानीबाट गएको प्रहरी टोलीले शवलाई जिल्ला अस्पताल धनकुटा ल्याएर पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ ।