मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ९ शुक्रबार ०५:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डा. केसीको अनशन ११औँ दिनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ९ शुक्रबार ०५:११:००

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी ११ दिनदेखि १९औँ अनशनमा छन् । जुम्लाबाट काठमाडौं आएका केसी शिक्षण अस्पतालमा छन् । विगतमा अनशन तोडाउने बहानामा मात्रै सरकारले सहमति गर्दा केसी १९औँपटक पुनः अनशन बसेका हुन् । यसपटकको अनशन माग पूरा हुने बलियो आधार नबन्दासम्म नतोड्ने उनले बताएका छन् ।

डा. केसीले पहिलो अनशनदेखि एकै प्रकारका माग राख्दै आएका छन् । हरेक अनशनमा केसीले विगतमा भएका दुईपक्षीय सहमतिको कार्यान्वयनमा जोड दिएका छन् । एकै प्रकारका मागका लागि पटक–पटक अनशन बस्दै आएका डा. केसीको स्वास्थ्य पछिल्ला दिनमा कमजोर बन्दै गएको छ । उमेरका कारण पनि उनको स्वास्थ्यमा चाँडै खराबी आउन थालेको चिकित्सकहरू बताउँछन् ।

वीरगन्जका चिकित्सकहरूले पनि उनको अनशनमा समर्थन जनाउँदै आन्दोलन थालेका छन् । नेपाल चिकित्सक संघ वीरगन्ज नारायणी शाखामा आबद्ध चिकित्सकहरूले बिहीबार हातमा कालो पट्टी बाँधेर आन्दोलन थालेका छन् ।