मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ८ बिहीबार ११:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाल्पा पहिरो : एकको शव फेला, पाँच बेपत्ता (अपडेट)

Read Time : < 1 मिनेट
२०७७ असोज ८ बिहीबार ११:०४:००

पाल्पाको रम्भा गाउँपालिका– ३ सुरुङडाँडामा पहिरोले घर पुरिँदा बेपत्ता एकजनाको शव फेला परेको छ ।  स्थानीय वीरबहादुर गाहाकी २७ वर्षीया श्रीमती मोतीसरा गाहाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए । वीरबहादुर भने पहिरो खस्दाखस्दै भागेर ज्यान जोगाउन सफल भएका थिए ।

त्यस्तै रम्भा गाउँपालिका– २ फोक्सिङकोट बेलौजा भन्ने स्थानमा बिहान करिब ४ बजे गएको पहिरोले स्थानीय हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको छ । हुमबहादुर गाहा, उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनीहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको वडाध्यक्ष उमानसिंह सारूले जानकारी दिए । 

अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिएको हो । घटनास्थल विकट भएकाले सुरक्षाकर्मी पुग्न कठिन भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।