मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ७ बुधबार १५:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाल संगठनले प्रदान गर्ने सेवा निर्वाहमुखी मात्रै भए : महिला तथा सामाजिक समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ७ बुधबार १५:१७:००

संसदको महिला तथा सामाजिक समितिले बाल संगठनका सन्दर्भमा परिवारमा भएका तथा परिवारबाट नै हेरचाह हुनसक्ने बालबालिकाहरुको पहिचान गरि पारीवारिक पुनर्मिलन गराउन र आवश्यकता अनुसार सामाजिक पुर्नस्थापना गराउन नेपाल बाल संगठनलाई  निर्देशन दिएको छ । समितिको बुधबार बसेको समितिकाे बैठकले उक्त निर्देशन दिएको हो ।

साथै समितिले त्यहाँबाट उत्पादित जनशक्तिको ज्ञान र सीपलाई उनिहरुको इच्छा, चाहना, रुचि, क्षमता, उमेर अनुसार उत्पादनशिल क्षेत्रमा लगाउने व्यवस्था गर्न भनेकाे छ । 

त्यस्तै समितिले भनेको छ, 'बाल संगठनमा रहेका बालबालिकाहरुको ज्ञान र क्षमतालाई सीपसँग र सीपलाई कामसँग र कामलाई उत्पादसँग जोडिएको देखिएन। संगठनमा रहेका बालबालिकाहरु जीवन धान्नका लागि मात्रै संगठनमा आश्रित रहेको देखिन्छ। संगठनले प्रदान गर्दै आएको सेवा निर्वाहमुखी मात्रै रहेको समेत पाइन्छ।'

संगठनले बालबालिकाहरुलाई यसरी राख्दा एकातिर उनीहरुको पैत्रिक सम्पतिको हक, प्रयोग र संरक्षणको क्षमता र मनोबल गुमाउँदै जाने सम्भावना प्रवल रहन्छ भने अर्कोतिर बालबालिकाहरु पारिवारिक माया र पुनर्मिलनबाट बञ्चित हुने अवस्था समेत रहन्छ।'