Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/सिन्ह्वा
२०७७ असोज ७ बुधबार १५:५२:००
Read Time : > 1 मिनेट
विश्व

राष्ट्रसंघको महासभा यसपटक बन्यो अपूर्व महासभा

Read Time : > 1 मिनेट
रासस/सिन्ह्वा
२०७७ असोज ७ बुधबार १५:५२:००

संयुक्त राष्ट्रसंघको यस वर्षको महासभा अपूर्व महासभा बनेको छ । कोरोना भाइरस महामारीका कारण राष्ट्रसंघको इतिहासमै अहिलेसम्म नभएको अनौठो महासभा भएको हो ।

महासभामा सहभागीहरू नआउने र उनीहरूले भिडियोमार्फत सम्बोधन गर्ने व्यवस्था गरिएकाले अहिले महासभास्थल सुनसान छ । तर, महासभा भने विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेको छ । यसअघिका महासभामा विश्वभरका नेताहरूले सम्बाेधन गर्ने, एक–अर्कालाई भेट्ने, छलफल गर्ने, सम्बन्ध बलियो बनाउने तथा सुधार्ने प्रयास भइरहेको थियो । तर, अहिले भने भौतिक उपस्थिति जनाउन नसकेपछि औपचारिकताका लागि भिडियो सम्बोधन मात्रै भएको छ ।  महासभा चलिरहेका वेला राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालय परिसरमा सुरक्षा व्यवस्था अत्यन्त चुस्तदुरुस्त राख्नका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने गरे पनि अहिले भने निकै थोरै मात्रै सुरक्षाकर्मी देखिएका छन् ।

राष्ट्रसंघ मुख्यालयवरिपरिको अहिलेको अवस्था हेर्दा महासभा चलिरहेको वेलाको जस्तो नदेखिएर अन्य सामान्य अवस्थाजस्तो देखिएको छ । यहाँ अहिले केही सुरक्षाकर्मी, केही कर्मचारी र अलिअलि पत्रकार मात्रै देखिने गरेका छन् ।  राष्ट्रसंघको महासभा भइरहेको वेला मुख्यलय रहेको न्युयोर्क सहरकै चहलपहल फरक हुने गरेको स्थानीयको अनुभव छ । 

सभा हलमा विश्वका नेताहरूको अनुपस्थितिमै पनि महासभा होला भन्ने यसअघि कहिल्यै अपेक्षा तथा अनुमान गरिएको थिएन । करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको मुख्यालयको पूर्वी नदीमा कुनै सुरक्षा डुंगाहरू छैनन् । खटाइएका केही सुरक्षाकर्मीलाई पनि कुनै हतारो र दौडधुप छैन । अहिले चलिरहेको ७५औँ महासभामा सहभागिताका लागि हस्ताक्षर गर्न कोही नेता नआए पनि भाषणहरू भने चलिनै रहेको छ । 

राष्ट्रसंघले महासभाका लागि दिइने मन्तव्य पहिले नै आफ्नै देशमा भिडियो रेकर्ड गरेर पठाउन आह्वान गरेको थियो । सोही आह्वानअनुसार पठाइएका भिडियो रेकर्ड भएको भाषण अहिले प्रसारण गर्दै महासभा चलिरहेको छ । महासभा सञ्चालन हुने हलमा कोही मानिस नै नभएकाचाहिँ होइनन्, त्यहाँ झन्डै दुई सय मानिस छन् । जब कि अघिल्ला वर्षहरूमा त्यही हलमा झन्डै २५ सय मानिस हुने गरेका थिए ।  अहिले हलमा रहेकाहरू पनि सामाजिक दूरी कायम गर्ने, माक्स अनिवार्य लगाउनेलगायतका आधारभूत स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने नियम बनाइएको छ ।