१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ६ मंगलबार ०६:२७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कोरोना संकटमा सौराहाका हात्ती पाल्न नसकेपछि भारत पठाउन थालियो (भिडियो रिपोर्ट)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ६ मंगलबार ०६:२७:००

पर्यटकलाई पिठ्युँमा बोकेर जंगल घुमाउने सौराहाका हात्ती यति वेला फुर्सदिला बनेका छन् । सिजनमा हात्तीलाई जंगल सफारी गर्ने पर्यटक बोक्न भ्याइनभ्याई हुन्थ्यो । तर, अहिले पर्यटकीय सिजन सुरु भइसक्दा पनि हात्तीले काम पाएका छैनन् ।

हात्ती फुर्सदिला भएसँगै हात्तीधनीहरूको ओठमुख सुक्न थालिसकेको छ । पर्यटक बोकेपछि हात्तीले हातमुख जोर्न मात्र होइन, लाखौँ आम्दानी पनि गरिदिन्थे । हात्तीकै कारण सौराहाको पर्यटन व्यवसाय फस्टाएको छ । तर, कोभिडको महामारीसँगै पर्यटक घुमफिरमा निस्कन छाडेपछि हात्ती फुर्सदिला बनेका हुन् । पछिल्लो ६ महिनायता हात्तीले काम पाइरहेका छैनन् ।

लकडाउनका कारण पर्यटकीय गतिविधि ठप्प भएपछि पाल्न नसकेर हात्तीमालिकहरूले १० वटा हात्ती हटाइसकेको सौराहाको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारीले बताए ।