Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ५ सोमबार २२:१४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रतिरोध परीक्षणमै नेप्से, लगानीकर्ता मुनाफा सुनिश्चित गर्नतिर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ५ सोमबार २२:१४:००

१ हजार ६ सय २० को वार्षिक उचाइमा प्रतिरोध परीक्षण गरिरहेको नेप्से परिसूचकको वृद्धि प्रयास सफल हुन सकेन । कारोबार अवधिमा दुईपटक आइतबारको अन्तिम बिन्दु माथि पुगे पनि नेप्सेलाई असफलता हात लागेको हो । 

सोमबार नेप्से ६ अंकले घटेर १ हजार ५ सय ६९ बिन्दुमा आइपुगेको छ । उत्पादनमूलक समूहबाहेक बजारमा रहेका अन्य सबै समूहगत परिसूचक ओरालो लागेको छ । लगानीकर्ता यो प्रतिरोध बिन्दुमा आएपछि मुनाफा सुनिश्चित गर्नसमेत लागेका छन् । केही समयदेखि उच्चदरमा बढेका जलविद्युत्, होटेल, लघुवित्त, बिमा कम्पनीहरूमा समेत लगानीकर्ता प्रतिफल सुनिश्चित गर्न थालेका छन् । 

यद्यपि, केही जलविद्युत् कम्पनीहरूको मूल्य भने वृद्धि भइरहेकै छ । नेसनल, पञ्चकन्या माई, रिडी, अरुण भ्यालीलगायतका जलविद्युत् कम्पनीको मूल्यवृद्धि भएको हो । ‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबार मापक सूचकसमेत घटेको छ । 

नेपाल बैंकले १९ असोजमा गर्न लागेको विशेष साधारणसभामा सर्वसाधारण सेयरधनीको संख्या २ बाट वृद्धि गरेर ३ जना पु¥याउने भएपछि कारोबार रकममा समेत वृद्धि भएको छ । ७ असोजसम्मका सेयरधनीले सभामा भाग लिन पाउने भएका छन् । सरकारको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालकको संख्या ४ बाट घटाएर ३ मा सीमित पार्न लागिएको छ ।  यस दिन कारोबार रकम केही घटेर २ अर्ब ६३ करोडमा सीमित भएको छ । १ सय ९५ कम्पनीको ८५ हजार कित्ता सेयर किनबेच भएको हो । 

सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरका लागि कुनै पत्र नपठाएको जानकारी नेप्सेलाई गरेको छ । सिभिलको आइतबार सेयर मूल्य १० प्रतिशतसम्म वृद्धि भएको थियो । 

लाभांशको मौसम 
एनएमबी हाइब्रिड फन्ड एल १ ले सेयरधनीलाई ८ प्रतिशत र एनएमबी ५० ले ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । १६ असोजमा यी दुवै योजनाको बुक क्लोज हुने भएको छ । १५ असोजसम्म लगानी गर्नेले लाभांश पाउनेछन् । 

१० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५२ प्रतिशत (कर प्रयोजन) नगद लाभांश दिन लागेको नाडेप लघुवित्तले १४ असोजमा बुक क्लोज गर्ने भएको छ । १३ गतेसम्म सेयर हुनेले कम्पनीले दिने लाभांश पाउने भएका छन् । 

७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको सनराइज क्यापिटलले ११ असोजमा बुक क्लोज गर्ने भएको छ । १० गतेसम्म सेयर हुनेले कम्पनीले दिने लाभांश पाउनेछन् ।