Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज ५ सोमबार १४:५३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धरानमा कोरोना संक्रमणबाट दुई महिलाको निधन

Read Time : < 1 मिनेट
२०७७ असोज ५ सोमबार १४:५३:००

कोरोना संक्रमणबाट धरानमा दुई महिलाको निधन भएको छ । झापा जिल्लाकी ७२ वर्षीया वृद्धाको निधन भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या, छाती दुख्ने, शरीर कमजोर हुने तथा निमोनियाको लक्षण देखिएकी उक्त महिलालाई कन्काई अस्पताल झापाले रिफर गरी थप उपचारका लागि प्रतिष्ठानमा पठाएको थियो ।

आइतबार प्रतिष्ठानमा भर्ना भएकी उनको कोरोना परीक्षण सोही दिन गरिएको अस्पतालले जनाएको छ । आइतबार राति ९:२० मा उनको निधन भएको डा. सापकोटाले जानकारी दिए ।

त्यसैगरी प्रतिष्ठानमा उपचाररत अर्की ४९ वर्षीया महिलाको पनि निधन भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानकै मेसिसिन वार्डबाट प्रतिष्ठानकै कोभिड उपचार अस्पतालमा रिफर भएकी उनको सोमबार बिहान निधन भएको डा. सापकोटाले जानकारी दिए ।

उनी उच्च रक्तचाप, मधुमेह र मिर्गाैलासम्बन्धी समस्याका कारण अस्पतालको मेडिसिन वार्डमा भर्ना भएकी थिइन् ।

पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि कोभिड उपचार अस्पतालमा सारेको प्रतिष्ठानले जनाएको छ । 

दुवैजनाको शव नियमानुसार नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने डा. सापकोटाले जानकारी दिए ।