Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज ५ सोमबार १२:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नरदेवी आयुर्वेद अस्पतालद्वारा २१ प्रकारकाे आयुर्वेदिक औषधि निःशुल्क वितरण

Read Time : < 1 मिनेट
२०७७ असोज ५ सोमबार १२:२७:००

सय वर्ष पुगिसकेको नरदेवी आयुर्वेद अस्पतालले २१ प्रकारको आयुर्वेदिक औषधि निःशुल्क वितरण गरिरहेको छ ।

अस्पतालका निर्देशक डा. प्रदीप केसीका अनुसार अस्पतालले आफैँले तयार पारेका विभिन्न औषधि निःशुल्क वितरण गरिरहेको छ ।

कोभिड– १९ महामारी फैलिएसँगै रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने आयुर्वेदिक औषधि वितरण बढाइएको पनि उनले बताए ।

महामरीको समयमा पनि अस्पतालले दैनिक एक सयभन्दा बढी बिरामीको उपचार गरिरहेको छ ।

आयुर्वेद अस्पताललाई पनि आधुनिक बनाउने प्रयासस्वरूप पछिल्लो समय अस्पतालले क्षारसूत्र, अकुपञ्चर, योग, पञ्चकर्म र मोक्किसबुसन सेवा सुरु गरेको डा. केसीले बताए । अस्पतालले एक्सरे, फिजियोथेरापी र ल्याब सेवासमेत सुरु गरेको छ ।

पाइल्स, फिस्टुला, एनल एब्सेसजस्ता रोगको उपचारका लागि विशिष्टीकृत चिकित्सकको सहयोगमा एनेस्थेसिया प्रयोग गर्न थालिएको छ । कोभिड– १९ को त्रासबीच एक दिन पनि सेवा बन्द नभएको आयुर्वेद अस्पतालले ७५ रुपैयाँमै सामान्य उपचार गरिरहेको छ ।

एक सय ५० रुपैयाँमा क्याबिन बेड उपलब्ध गराएको पनि डा. केसीले जानकारी दिए ।

१९७४ मा स्थापना भएको देशकै जेठो आयुर्वेद अस्पतालले अहिले पाचन, नसा, श्वासप्रश्वास र मुटुसँग सम्बन्धित रोगको उपचार गरिरहेको छ ।