मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ४ आइतबार २१:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अफताब आलमको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन

Read Time : < 1 मिनेट
२०७७ असोज ४ आइतबार २१:३२:००

सर्वोच्च अदालतले निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमको मुद्दामा  कैफियत प्रतिवेदन मगाउने आदेश दिएको छ ।  गत बिहीबार उनले सर्वोच्चमा धरौटीमा बसेर मुद्दा पुर्पक्ष गर्न पाउने मागसहित निवेदन दिएका थिए । 

सो मुद्दामा हालसम्म भएको घटनाक्रमको विवरण अर्थात् कैफियत प्रतिवेदन माग भएको हो । न्यायाधीश मनोजकुमार शर्माको इजलासले उच्च अदालत वीरगन्जबाट प्रतिवेदन झिकाउने आदेश दिएको हो ।  

उनीमाथि जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले विस्फाेटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको आरोपमा मुद्दा दायर गरेको थियो । जसमा गत वर्ष कात्तिक २९ मा साता भरको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

यसविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगन्ज इजलास पुगेका थिए । उच्चले पनि जिल्लाकै आदेश सदर भएपछि उनी धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च पुगेका हुन् । उनले भदौ ३१ म सर्वोच्चमा यसविरुद्ध निवेदन दिएका थिए । 

कांग्रेस नेता तथा मन्त्रीसमेत भइसकेका आलममाथि ०६४ सालमा रौतहटमा निर्वाचनको समयमा विस्फाेट गराएको र घाइतेहरूलाई जिउँदै जलाएको अभियोग छ । यस आरोपमा उनी गत वर्ष असोजमा पक्राउ परेका थिए । चुनावको अघिल्लो दिन बम विस्फाेट गराएर बुथ कब्जा गर्ने उद्देश्यले बम बनाएको र बनाउने क्रममा नै विस्फाेट भएपछि केहीको मृत्यु भएको थियो । मृत्यु भएका तथा घाइते भएकालाई उनले इँटाभट्टामा जलाएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।