मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ४ आइतबार १८:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्याग्रहमा बसेका डा. केसीको जीवनरक्षाको माग गर्दै धर्ना 

Read Time : < 1 मिनेट
२०७७ असोज ४ आइतबार १८:४२:००

चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै सदरमुकाम खलंगामा युवाहरूले धर्ना दिएका छन् । डा. केसीको स्वास्थ्य बिग्रिँदै गएपछि नागरिक समाज जुम्लाको अगुवाइमा युवाहरूले कालोपट्टी बाँधेर धर्ना दिएका हुन् । 

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले डा. केसीसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने बताए । डा. केसी अनशन बसेको सातौँ दिन हुँदासम्म सरकारले कुनै सुनुवाइ गर्ने लक्षण नदेखाएपछि दबाबस्वरूप धर्ना दिएको स्थानीय महेन्द्र कार्कीले बताए । 

२९ भदौदेखि सत्याग्रहमा बसेका डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर, इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।

डा. केसीले नमाने पनि स्थानीय प्रशासनले उनलाई सत्याग्रह बसिरहेको धर्मशालाबाट शनिबार मध्यराति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारेको छ ।