Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज ४ आइतबार १८:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोब्बर मूल्य लिएर प्याज बिक्री गर्ने दुई व्यापारी पक्राउ 

Read Time : < 1 मिनेट
२०७७ असोज ४ आइतबार १८:३१:००

खरिद गरेकोभन्दा दोब्बर मूल्य लिएर प्याज बिक्री गर्ने दुईजना थोक व्यापारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ९ का व्यापारीहरू ३८ वर्षीय सञ्जयकुमार गुप्ता र सोही ठाउँका २९ वर्षीय मुकेशकुमार सहनीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । 

कालोबजारी नियन्त्रण ऐनअनुसार खरिद गरेको मूल्यको २५ प्रतिशतभन्दा बढी मूल्य लिएर सामान बिक्री गर्न पाइँदैन । मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले प्याजमा बढी मूल्य लिनेलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअनुसारको  कसुरमा मुद्दा दर्ता गरिएको बताए । 

भारतबाट प्याजको आयात हुन छाडेपछि व्यापारीहरूले गोदाममा भण्डारण गरेर राखेको प्याज दोब्बर मूल्य लिएर बिक्री गर्ने गरेका छन् ।